अविरल वर्षाका कारण नेपालमा अहिलेसम्म ६६ जनाको मृत्यु भएको छ।
नेपाल प्रहरीले सार्वजनिक गरेको जानकारी अनुसार अहिलेसम्म देश भरमा अविरल वर्षाका कारण बाढी पहिरोमा परेर ६६ जनाको मृत्यु भएको छ भने ६० जना घाइते भएका छन । विपतमा परेको ३ हजार भन्दा बढीको उद्धार गरिएको छ । अझैसम्म ६९ जना बेपत्ता रहेको प्रहरीको रिपोर्टमा उल्लेख छ।


बाढी पहिरोले बिभिन्न ठाउँमा अवरुद्ध गरेको सडक खुलाउने काम भइरहेको हुँदा नजिकको प्रहरी कार्यालयमा खबर गरेर मात्र लामो यात्रा गर्न समेत नेपाल प्रहरीले आग्रह गरेको छ।




