२०८२/५/१४
शनिबार

१) नेपाल
नेपालका विभिन्न भागमा बाढीपहिरोले आठवटा सडक पूर्णरूपमा अवरुद्ध भएका छन्। प्रहरी प्रधान कार्यालयका अनुसार संखुवासभाको भोटखोलामा रहेको कोशी राजमार्ग, रसुवाको पासाङलामु राजमार्ग, सिन्धुपाल्चोकको अरनीको राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएका हुन्।
यस्तै बाग्लुङको कालीगण्डकी करिडोर, म्याग्दीको बेनी दरबाङ सडक, रुकुम पश्चिमको जाजरकोट डोल्पा भेरी करिडोर र दार्चुलाको गोकुलेश्वर दार्चुला सडक पूर्ण रुपमा अवरुद्ध भएका छन्।
-ujyalo online
२)भारत
भारतको उत्तराखण्डमा रहेको १ हजार वर्गमिटरभन्दा ठूलो ४२६ मध्ये २५ वटा हिमताल फुट्ने जोखिममा रहेको छ । त्यहाँ हिमताल विस्फोट भएको खण्डमा सन् २०१३ मा केदारनाथमा आएको जस्तै बाढी आउने सम्भावना रहेको छ।
केदारनाथ नजिकै रहेको चौराबारी हिमनदी प्रत्येक वर्ष ७ मिटरका दरले घट्दै गएको छ। यसले आउँदा दिनहरूमा हिमताल मा पानी बढ्ने र विस्फोट हुने खतरा बढेको छ।
-The Indian Express
३) अफगानिस्तान
अफगानिस्तानको पूर्वी नङ्गहार प्रान्तमा आएको भारी वर्षा र त्यसपछि आएको आकस्मिक बाढीका कारण कम्तीमा पाँचजनाको ज्यान गएको छ भने ८ जना घाइते भएका छन्।
यसअघि पनि केही साताअघि मात्र अफगानिस्तानका पूर्वी प्रान्त लोगर र परवानमा यस्तै प्रकारका बाढीका कारण ठूलो जनधनको क्षति भएको थियो।
-Arina News+ Khabar hub
४) उष्ण कटिबन्धीय
उष्ण कटिबन्धीयक्षेत्रमा वनविनाशका कारण २० वर्षको अवधिमा ५ लाख मानिसको मृत्यु भएको छ। यसै हप्ता सन् २००१ देखि २०२० सम्मको अवधिमा पृथ्वीमा यति धेरै मानिसको मृत्यु वनविनाशको कारणले भएको हो। वनविनासकै कारण प्रत्येक वर्ष २८ हजार मानिसको मृत्यु हुने गरेको छ।
उष्ण कटिबन्धीय क्षेत्रमा भएको वनविनाशका कारण ३० करोडभन्दा बढी मानिस उच्च तापक्रमको जोखिममा परेका छन्।
-Nature climate change
५) जापन
जापानको राजधानी टोकियोमा लगातार १० दिनसम्म तापक्रम ३५ डिग्री सेल्सियस भन्दा माथि पुगेको छ। त्यहाँको मौसम विभागका अनुसार जुन र जुलाईको चर्को गर्मीपछि जापानले यस्तो घटनाको सामना गर्नुपरेको हो।
अत्याधिक गर्मीका कारण जापानमा १२ जनाको मृत्यु भएको छ भने ८ हजार ४ सय भन्दा बढी मानिस हिट स्ट्रोकका कारण अस्पतालमा भर्ना भएका छन्।
-Malay Mail
६) श्वास प्रश्वास
विश्वका झन्डै ९९% नागरिकले डब्लएचओद्वारा निर्धारण गरेको सुरक्षित हावाको मापदण्डभन्दा कमजोर गुणस्तरको हावामा सास फेर्न बाध्य रहेको पाइएको छ । प्रत्येक वर्ष विश्वभर ६७ लाख मानिसको समयभन्दा पहिले नै मृत्यु हुने प्रमुख कारण वायु प्रदूषण रहेको छ।
-WHO
७) ह्वेल
पृथ्वीको सबैभन्दा ठुलो जीव ह्वेलको जलवायु परिवर्तनको कारण अस्तित्व संकटमा पर्ने खतरा देखिएको छ। ह्वेलका १३ वटा प्रजातिलाई खतराको सुचीमा सुचीकृत गरेको छ।
अहिले ह्वेलको सङ्ख्या १० हजार देखि ९० हजार मात्र रहेको छ।
-NOAA




