काठमाडौं। जोगबुढा नदीमा आएको बाढी बस्तीमा पसेपछि कञ्चनपुर जिल्लाका ५२ परिवार विस्थापित भएका छन्।
दोधारा चाँदनी नगरपालिका ८ को रामपुरे टापुका २५ वटा घर, वडा नम्बर ३ का १५ वटा र वडा नम्बर १० का १२ घर डुबानमा परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ।

विस्थापित सबैलाई सुरक्षित ठाउँमा सारिएको छ।
त्यसैगरी महाकाली नदीमा पनि पानीको बहाव बढ्दै गएको छ। नदीमा पानीको बहाब बढेर एक लाख ६२ हजार क्युसेक पुगेको छ। नदीमा पानीको बहाब एक लाख पुग्नै बित्तिकै शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारीसाधन आवागमनमा रोक लगाउने गरिएको छ।




