लगातार तीन दिनसम्म परेको अविरल वर्षाका कारण नेपालमा अहिलेसम्म १ सय ७० जनाको मृत्यु भएको छ।
नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो जानकारी अनुसार अहिलेसम्म देशभरमा अविरल वर्षाका कारण बिभिन्न ठाउँमा बाढी, पहिरो र डुबानमा परेर १ सय ७० जनाको मृत्यु भएको छ भने १ सय ७ जना घाइते भएका छन । विपतमा परेका ३ हजार ६ सय ९५ जना भन्दा बढीको उद्धार गरिएको छ ।

अझैसम्म ५० जना बेपत्ता रहेको प्रहरीको रिपोर्टमा उल्लेख छ।
बाढी पहिरोले बिभिन्न ठाउँमा अवरुद्ध गरेको सडक खुलाउने काम भइरहेको हुँदा नजिकको प्रहरी कार्यालयमा खबर गरेर मात्र लामो यात्रा गर्न समेत नेपाल प्रहरीले आग्रह गरेको छ।




