विराटनगर। जलवायु परिवर्तन विश्वव्यापी अर्थतन्त्रको लागि चुनौति बनेको छ ।
पृथ्वीको तापक्रम बृद्धिदरमा नियन्त्रण गर्न नसेको खण्डमा आगमी ३० बर्षको अवधिमा मात्रै बिश्वको कुल ग्राहस्थ उत्पादनमा १८ प्रतिशतसम्म गिरावट आउने स्विस रे को एक अध्ययनले देखाएको छ।

नेचर अफ जर्नलमा प्रकाशित एक रिपोर्ट अनुसार सन २०५० सम्मा विश्वब्यापी रुपमा ३ सय ८० खर्ब अमेरिकी डलर बराबरको क्षति प्रत्येक बर्ष जलवायु परिवर्तनको कारण हुने अनुमान गरिएको छ । यो रकम अमेरिकाको २०२३ कुल गार्हस्थस्थ उत्पादन भन्दा धेरै हो ।
जलवायु परिवर्तनबाट सबै भन्दा धेरै असर चाइनालाई पर्ने उक्त रिपोर्टमा उल्लेख छ । चिनको कुल गार्हस्थ उत्पादनमा २४ प्रतिशत सम्म गिरावट आउन सक्ने अनुमान गरिएको छ भने अमेरिका, युके, क्यानडामा १० प्रतिशत, युरोपको ११ प्रतिशत, फिनल्याण्ड र स्वीटजरल्याण्डको ६ प्रतिशत का साथै फ्रान्स र ग्रीसको १३ प्रतिशतले कुल गार्हस्थ उत्पादन घट्ने अनुमान गरिएको छ।
समुन्द्री सतहको बृद्धि, खडेरी, अधिक बर्षा जस्ता मौसमी विपदमा कारण अन्न बाली उत्पादन हुने क्षेत्रमा कमी आउँदा भोकमरी सँगै धनी गरिब विचको खाडल बढ्न जाने विश्व बैंकले जनाएको छ ।
ग्लोबल भिजनको अनुसार अफ्रिकामा मात्रै लामो समयसम्म परेको खडेरीका कारण अहिले झण्डै ६ करोड मानिस भोकमरीको चपेटामा परेको उल्लेख छ ।
वल्ड इकोनोमिक्स फोरमको सन २०१९ को एक अध्ययन अनुसार इन्डोनेसियाको राजधानी ज्याकरडा, बंगलादेशको राजधानी ढाका लगायतका बिश्वको ११ वटा सहर समुन्द्री सतहको वृद्धिसँगै सन २१०० सम्म डुबि सक्ने जनाएको छ । बंगलादेशबाट मात्रै १ करोड ८० लाख मानिस बिस्थापित हुने अनुमान छ ।
नेपालमा पनि जलवायु परिवर्तनको गम्भीर असर पारेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार हालै तीन दिन परेको अविरल वर्षाले १४ अर्ब रुपैयाँ भन्दा धेरैको क्षति भएको जनाएको छ । त्यस्तै जलवायु परिवर्तन कै कारण नेपालना प्रत्येक बर्ष ३ अर्ब भन्दा धेरैको क्षति भएको उल्लेख गरेको छ ।
जलवायु परिवर्तनले हिमाली क्षेत्रमा पनि गम्भीर असर पुर्याएको छ ।
एक पर्वतारोही को भनाई यस्तो छ ,
“हरेक जाडो मौसममा ठूलो हिमपात हुन्थ्यो। हिउँको थुप्रोले मानिसनै पुर्ला जस्तो हुन्थ्यो। तर अहिले त्यस्तो हुँदैन। हिउँददेखि वैशाखसम्मै सेताम्मे हुने हिमालहरू अचेल काला चट्टानजस्ता देखिन्छन्,” यो भनाइ १५ पटकसम्म सगरमाथा आरोहण गरिसकेका सफल हिमाल आरोही फुर्वा तेन्जिङ शेर्पाको हो। उनले बिबिसीलाई दिएको अन्तर्वार्तामा यो कुरा भनेका थिए ।
सगरमाथामा २ हजार बर्ष देखि जमेको हिउँ पग्लिन थालेको छ । प्रयाप्त हिउँ नपर्दा हिमालहरु काला पथ्थरमा परिवर्तन हुदैछन ।
नेपालमा आउने पर्यटक मध्य धेरै जसो हिमाल हेर्न र चढ्न आउछन । हिमालमा हिउ नै नरहदा नेपाल घुम्न आउने पर्यटको संख्या घट्नु का साथै जलबिद्युत उत्पादनमा पनि कमी आउने जलवायु विज्ञ मञ्जित ढकालले कान्तिपुर टिभीको गुड मर्निङ नेपाल कार्यक्रममस जानकारी दिएका छन ।








