विराटनगर । दशै तिहार छठ र होली जस्ता पर्वहरू हाम्रालागि बोध र चेतनाको स्तर उकास्ने दिन हुनुपर्ने भएपनि आज भोली यस्ता पर्वहरू हत्या, हिंसा, होहल्ला, भोग विलास र सामान खरिद बिक्री गर्ने दिन भएका छन ।
हाम्रो पर्वहरुमा जलेबी मिठाइ र खानेकुराको सट्टा भागवत गीता, बौद्ध दर्शन, वेदांत, उपनिषद जस्ता आध्यात्मिक ग्रन्थहरु साटासाट गरेर यी पर्वहरुलाई सही अर्थ दिनु पर्ने आध्यात्मिक गुरु आचार्य प्रशांत वताउनु बताउनु हुन्छ।

चाडपर्वको समयमा दोकान, महल र बजारमा भीडभाड बढ्नु , सामान खरिद गर्न तछाड मछाड गर्नु भनेको चाडपर्वको गलत तरिकाबाट मनाइएको उहाँले बताउनु भएको छ ।
चाडपर्व चेतना र बोधको स्तर उकास्ने दिन भए पनि आजभोली चाडपर्वको समयमा गरिने होहल्ला, काटमार हत्या हिंसाले झन मानिसको चेतना स्तर बढ्नुको सट्टा अझ घट्ने उहाँको भनाई छ ।
नेपाल र भारतमा एकै समय तिहार र दिपावली मनाईन्छ। दिपावलीको सन्दर्भमा प्रभु श्रीरामको १४ बर्षपछि वनवास बाट राज्यमा फर्किएको अवसरमा तिहार मनाइएको हो । प्रभु श्रीराम जसले आफ्नो जीवनकालमा शारीरिक शुखलाई महत्व नदिएका महापुरुषको घर वापसीको समयमा आम जनता भोगविलासमा लाग्नु मर्यादा पुरुषोत्तम प्रभु श्रीरामको अपमान भएको उहाँले बताउनु भयो। आचार्य प्रशांत भन्नुहुन्छ, ‘मनोरञ्जन नै गर्ने भए धेरै तरीका छ प्रभु श्रीराम कै नाम किन लिन पर्यो। मनोरञ्जनका लागि राम नामको प्रयोग गर्नु अभद्रता हो ।’
उहाँ चाडपर्वको अर्थ मानिसमा भएका बितेका अतितका घटनाहरूलाई हटाउने दिन भएको बताउनुहुन्छ। आचार्य प्रशांतको अनुसार,’ दिपावलीमा घर सफा गर्नुको मतलव यो होइन कि , हामी बाहिरको मान्छे ल्याएर घर सफा गर्छौ । यो सबै बाहीरी काम हो । असली काम हो , हामी सबैको मनको दराजमा अतितका घटनाहरु सडी रहेको छ, दुर्गन्ध दिइरहेको छ। त्यसलाई खोल्नु नै वास्तविक सफाइ हो । हामी हाम्रो वास्तविक अस्तित्व स्विकार गर्न डराउँछौ ।बत्तसै भन ज्यादा भयो । यस पटक रामजीको नाम लिएर आलमारी खोलिनै दिन्छु । दिपावलीमा घर सफा गर्नु मतलव यो हो ।’ चाडपर्व हाम्रो जीवन जिउने तरीकालाई सही दिशा दिने माध्यम भएको उहाँको भनाइ छ।
आचार्य प्रशांत बिगत २० बर्ष भन्दा लामो समयदेखि भागवत गीता, बौद्ध दर्शन, वेदांत र उपनिषद् जस्ता आध्यात्मिक ग्रन्थहरु पढाउँदै आउनु भएको छ ।




