विराटनगर । हरेक वर्ष कात्तिक शुक्ल पूर्णिमाका दिन मनाइने शिख सम्प्रदायका प्रवर्तक गुरु नानकको जन्मजयन्ती आज विविध कार्यक्रम गरी मनाइएको छ ।
गुरुनानकको जन्म विक्रम सम्वत् १५२६ कात्तिक शुक्ल पूर्णिमाका दिन पाकिस्तानको पञ्जाब प्रान्तमा भएको थियो ।
उहाँले शिख धर्म ग्रन्थ ‘गुरु ग्रन्थ साहेब’को रचना गर्नुभएको हो । जातिवादको अन्त्य गरी मानवतावादी दर्शनको सुरुआत उहाँले गराउनुभयो ।

गुरु नानकले आफ्नो जीवन कालमा भारतको बिभिन्न राज्यहरुका साथै नेपाल हुँदै साउदीको मक्कासम्म २८ हजार किलोमिटरको पैदल यात्रा गर्नु भएको थियो ।
उहाँको भ्रमणको उदेश्य , त्यतिबेलाको प्रचलित कुरीति, अन्धविश्वास र मान्यतालाई अन्त्य गर्दै त्याग सदाचार र संयम हुनको लागि प्रेरित गर्नु थियो।
निर्गुण उपासक गुरुनानक ‘ईश्वर एक छन्, उनी सर्वशक्तिमान छन्, यही नै सत्य हो’ भन्नेमा विश्वास गर्नु हुन्थयो ।




