जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि (युएनएफसीसीसी) का पक्ष राष्ट्रहरुको २९औँ सम्मेलन (कोप–२९)को पछिल्लो सम्झौता निराशाजनक रहेको जलवायु अभियानताले वताएका छन।
जलवायु अभियानता र वातावरणीय वैज्ञानिक डा. लौरा यंग भन्नुहुन्छ जलवायु वित्त सधैं एक “स्टिकिंग पोइन्ट” हो किनभने देशहरू ठूलो रकममा हस्ताक्षर गर्न हिचकिचाउँछन्,। यस वर्षको कार्यक्रममा वास्तविक गतिको कमी भएको छ। “वास्तवमा यो सम्मेलनमा त्यति ऊर्जा थिएन ।”, उहाँले बीबीसी रेडियो फाइभ (5) लाइभमा भन्नुभयो।

कोप २९ को बैठकमा गरिब तथा विकासशील राष्ट्रहरुले जलवायु परिवर्तनको असरबाट हुने क्षतिको न्युनिकरणका लागि धनी राष्ट्रसँग १ ट्रिलियन डलरको कोष माग गरेका थिए तर धनी राष्ट्रहरुले सन २०२५ देखि २०३५ सम्म ३०० बिलियन डलर मात्र दिने सम्झौता गरेका गरेका छन् । यसलाई कोप २९ मा सहभागी अफ्रिकी वार्ता टोलीले थोरै रकम र धेरै ढिलो भएको “टु लिटिल, टु लेट” भनेका छन ।
कोप २९ को आयोजक अजरबैजानले आफुले गर्नुपर्ने तयारी नगरेको र अन्तिम सम्झौता “धेरै निराशाजनक” भएको डा. यंग बताउनु हुन्छ।
अर्को मुद्दा अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भएको छ । टम्पले सक्रिय रूपमा जलवायु परिवर्तनलाई अस्वीकार गर्दै आउनुभएको छ । डा. यंग कोप मोडेलमा सुधार आवश्यक छ भन्ने कुरामा विश्वास गर्नुहुन्छ।




