रूसले सन्तान नजन्माउन प्रोत्साहन गर्ने कार्यक्रम माथि प्रतिबन्ध लगाएको छ । नयाँ पुस्ताले विवाह गर्न र सन्तान जन्माउन अरुचि देखाउँदै गएको सन्दर्भमा सरकारले एउटा कानून बनाएर सन्तान नजन्माउन प्रोत्साहन गर्ने अभियान माथि प्रतिबन्ध लगाएको हो ।
राष्ट्रपति पुटिनले नै हस्ताक्षर गरेर कार्यान्वयनमा ल्याउनुभएको कानूनमा बच्चा नजन्माउन प्रोत्साहन गर्ने खालका कुनै पनि प्रचार गर्ने व्यक्तिलाई ५० हजारदेखि एक लाख, सरकारी कर्मचारी तथा अधिकारीलाई एक लाखदेखि दुई लाख र संस्थागत अभियानमा ५० लाख रुबलसम्म जरिमाना तोकिएको छ ।

चीन, जापान, दक्षिण कोरियालगायतका देशमा जस्तै रूसमा पनि नयाँ जन्मिने मानिसको सङ्ख्या घटेपछि सरकारले सन्तान जन्माउन प्रोत्साहनका कार्यक्रम ल्याइरहेको छ ।
विश्वमा मानवको संख्या धेरै हुदै गएको स्टाटिस्टाको तथ्याङ्कले देखाएको छ । अहिलेकै अवस्थामा पनि पृथ्वीमा भएका ८ अर्ब मानिसको आवश्यकता पूरा गर्न १.७ वटा पृथ्वी चाहिने उक्त तथ्याङ्कमा देखाइएको छ । यदि पृथ्वीमा रहेको सम्पुर्ण मानिसले अमेरिकाको मध्यम वर्गीय परिवारको जस्तो जीवनशैली अपनाउने हो भने लगभग ४.९ वटा पृथ्वी चाहिन्छ। पृथ्वीमा उत्पादन हुने स्रोत साधन भन्दा धेरै उपभोग भइरहेको छ ।

Source: statista
विश्वका धनीदेशहरुले जनसंख्या बढाउन विभिन्न उपाय लगाइ राखेको वेला धर्म गुरु तथा जलवायु अभियनता आचार्य प्रशांत भने पृथ्वीमा धेरै जनसंख्या भएको र यसले जलवायु परिवर्तन झन वृद्धि गर्न मद्दत पुगेको वताउनु हुन्छ। पुरा विश्वमा एक दम्पतिले एक भन्दा धेरै बच्चा जन्माउन नमिल्ने नियम लागु हनु पर्ने उहाँले बताउनु भएको छ।
फुड वेस्ट इन्डेक्स २०२४ को रिपोर्ट अनुसार २०२२ मा १.०५ टन खाना फ्याँकिएको थियो भने लगभग ८० करोड मानिस प्रत्येक दिन भोकै सुत्ने गर्दछन।




