विश्वकै शक्तिशालीमुलुक मानिने अमेरिका हातहतियार र पैसामात्र होइन शिक्षामा पनि अरु देशहरु भन्दा अघि रहेको छ ।
युएस न्युज एण्ड वर्ल्ड रिपोर्टको अनुसार विश्वका १० उत्कृष्ट विश्वविद्यालयमध्ये ७ वटा विश्वविद्यालय अमेरिकामै छन् । त्यसैले विश्वभरबाट उच्च शिक्षाका लागि अमेरिका जान चाहनेको संख्या ठूलो हुने गरेको छ ।

विश्वका १० उत्कृष्ट विश्वविद्यालयमा समावेश भएका अमेरिकाको विश्वविद्यालयहरु सुची:-
1) Harvard University #1
2) Massachusetts Institute of Technology (MIT) #2
3) Standford University #3
4) University of California #5
5) University of Washington Seattle #7
6) Columbia University #9
7) Yale University #10
अमेरिकामा ९ हजारभन्दा बढी पब्लिक लाइब्रेरी रहेको छ । ती पुस्तकालयहरुमा १ लाख २५ हजार भन्दा धेरै कर्मचारी कार्यरत छन् ।
कतिपय विद्वानहरु अमेरिका धनी र शक्तिशाली हुनुका कारण नै शिक्षा रहेको बताउँछन् ।
नेपालको त्रिभुवन विश्वविद्यालयलाई हेर्ने हो भने यो बिश्वको १ हजार उत्कृष्ट विश्वविद्यालयमा पनि पर्दैन । मुलुककै जेठो त्रिभुवन विश्वविद्यालयबाट आंगिक र संम्बन्धन प्राप्त क्याम्पसमा ४ लाख ९१ हजार २ सय ९९ विद्यार्थी अध्ययनरत छन् ।
त्रिभुवन विश्वविद्यालयको शिक्षालाई गुणस्तरयुक्त एवं व्यावहारिक बनाउनुपर्छ भन्ने आवाज लामो समयदेखि उठ्दै आएको छ ।




