आज बिहान चीनमा गएको भूकम्पमा परी कम्तीमा ५३ जनाको ज्यान गएको छ भने ६२ जना घाइते भएका चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।
सिन्ह्वाका अनुसार आज बिहान नेपाल–चीन सिमाना तिब्बतको दिङ्गे काउन्टीमा ६ दशमलव ८ म्याग्निच्युडको भूकम्प गएको थियो ।

भूकम्पमा परी ठूलो क्षति भएपछि चिनका राष्ट्रपति सी जिनपिङले उद्धार प्रयासका लागि निर्देशन दिनु भएको छ ।




