यशुको नाम लिएर बिरामी निको पारेको दाबी गर्ने पादरी बजिंदर सिंहलाई बलत्कार आरोपमा जन्मकैदको सजाय सुनाइएको छ।
पादरी सिंहमाथि एक महिलालाई विदेश लगिदिने बाहनामा आफ्नै घरमा लगेर बलत्कार गरी भिडियो बनाएको आरोपमा अदालतले जन्मकैदको सजाय सुनाएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । उनले पीडित महिलालाई घटना बाहिर ल्याए सामजिक संजालमा भिडियो भाइरल गरिदिने धम्की दिएका थिए ।

यो घटना सन २०१८ मा दर्ता भएपछि दिल्ली एयरपोर्ट वाट बजिंदर सिंह पक्राउ परेका थिए । उनी केही समयपछि जमानतमा छुटेका समाचारमा उल्लेख छ।
उनले चण्डीगढकै अफिसमा काम गर्ने महिलाका साथै अर्की एक महिलालाई पनि कुटपिट गरेको पुष्टि भएको छ भने सन २०२२ मा एक महिलालाई आफ्नो क्याबिनमा लगेर जबरजस्ती गर्न खोजेको र यो घटना पनि बाहिर ल्याउन खोजे ती महिलाको परिवारको ज्यान लिने धम्की दिएका थिए।
१५ बर्ष अगाडीनै उनी हत्या आरोपमा जेल गएपछि उनले ईसाई धर्मलाई अपनाएका थिए ।




