काठमाण्डौ । पदयात्राका क्रममा कास्कीको चुमरुङमा हिमपहिरोमा परी बेपत्ता भएका २८ वर्षीय चिनियाँ नागरिक ई–चेङ युआनको १३ दिनपछि शव फेला परेको छ ।
देउराली चुमरुङमा रहेको मोदी नदी किनारबाट २० मिटर उत्तरतर्फ शव फेला फेला परेको कालिका गणका गणपति प्रहरी उपरीक्षक सूर्यप्रसाद तिमिल्सिनाले जानकारी दिनुभयो ।

अन्नपूर्ण आधार शिविर(एबीसी) को पदयात्रा सकेर घान्द्रुकतर्फ फर्कने बेला पर्यटक बेपत्ता भएका थिए ।




