विराटनगर । नेपालमा पछिल्लो समय बाघ संरक्षणको मुख्य चुनौतीको रुपमा जलवायु परिपर्तन पनि रहेको छ ।
पछिल्लो समय जलवायु परिवर्तनका कारण अधिक खडेरी पर्दा र अधिक पानी पर्दा यसले बाघको आहारा र बासस्थानमा असर पुगेको सिनियर इकोलोजिस्ट हरिभद्र आचार्यले बताउनु भएको छ । उहाँ भन्नुहुन्छ, ‘खडेरीका कारण पानी सुकेर एकदमै कम हुने र वन्यजन्तुलाई पानीको अभाव हुँदा जंगल बाहिर आउछन्, जसले गर्दा मानिससँग द्धन्द्ध बढ्छ भने बेमौसममा पानी पर्दा वा एकैपटक धेरै पानी पर्दा जंगली जनावरलाई पानीले बगाउने समस्या हुन्छ ।’

जलवायु परिवर्तनका साथै मानिस र बाघबिच बढेको द्धन्द्ध, बासस्थानको कमी, बाघ संरक्षणको लागि दक्ष जनशक्ति र प्रयाप्त साधन स्रोतको अभाव पनि मुख्य कारण रहेको सिनियर ईकोलोजिस्ट आचार्यले जानकारी दिनु भयो ।
नेपालमा पछिल्लो समय बाघको गणना गर्दा ३५५ वटा रहेको छ । यो संख्या सन २०१० मा १२१ मात्र रहेको थियो ।




