१२ दिनसम्म चलेको इजरायल इरान बिच युद्ध रोकिएसँगै दुवै तर्फको अवस्था सामान्य बन्दै गएको छ ।
इजरायलको इरानको आणविक केन्द्रमा हमला सुरु गरेसँगै दुई देशबीच तनाव उत्पन्न भएको थियो।

युद्धमा इरान तर्फ ४ सय १० जनाको मृत्यु भएको इरानी स्वास्थ्य मन्त्रालयले जनाएको छ भने इजरायलमा २८ जनाको ज्यान गएको इजरायली पक्षले स्वीकार गरेका छन् ।
इजरायली सेनाले इरानको आणविक पूर्वाधारमा क्षति पुर्याएको दाबी गर्दै इरानमा विकसित आणविक कार्यक्रम केही वर्षसम्म ढिलो गरि अघि बढ्ने विश्वास व्यक्त गरेको छ ।
इरानमा युद्धको समयमा सीमित गरिएको इन्टरनेट सेवा फेरि सामान्य अवस्थामा फर्काउने प्रक्रिया शुरू भइसकेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सक्रियतामा सो युद्ध विराम भएको हो ।




