कञ्चनपुर । तापक्रम बढेसँगै सुदुरपश्चिम प्रदेशमा डेङ्गी बाह्रै महिना देखिन थालेको छ।
बर्षात र गर्मीको समयमा मात्र देखिने डेङ्गी जलवायु परिवर्तनको कारण लामखुट्टेको प्रजनन समयावधि लम्बिनु, तापक्रममा असमान्य बढ्नु र वर्षा चक्रको अनियमियतताले डेङ्गीको सङक्रमण बढ्दै गएकोसुदूरपश्चिम प्रादेशिक स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रका सूचना अधिकारी हेमराज जोशीले बताउनुभयो ।

सुचना अधिकारी जोशीका अनुसार छ महिनाको अवधिमा सुदूरपश्चिममा एक सय ६७ जनामा डेङ्गी सङ्क्रमण देखिएको छ ।
सुदुरपश्चिममा डेङ्गी संक्रमणका बिरामीको संख्या
कञ्चनपुर २९
डोटी २५
अछाम २४
बझाङ ११
बाजुरा ११
दार्चुला २
एडिस एजिप्टाई जातको सङ्क्रमित लामखुट्टेको टोकाइबाट डेङ्गु सर्छ । पानी जम्ने ठाउँ र प्लाष्टिकजन्य फोहर व्यवस्थापन हुन नसक्दा डेङ्गी सार्ने लामखुट्टेको वृद्धि विकास हुँदै गएकोले डेङ्गीलाई मौसमी समस्याका रूपमा मात्र नबुझेर वर्षभरि नै सतर्कता तथा सावधानी अपनाउन डाक्टरको सुझाव छ ।




