इजरायलले उत्तरी गाजा छाड्न प्लेालेस्टाइनीलाई चेतावनी दिएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हमास र इजरायल बिच युद्ध विरामको कुरा गरिरहेका बेला इजरायलले गाजा सहर र जाबालियामा रहेका नागरिकहरुलाई उक्त स्थान छाड्न र दक्षिणमा जान चेतावनी दिएको छ।

शनिबार मात्र अमेरिकी राष्ट्रपति ट्रम्पले नेतान्याहु हमाससँग युद्ध विराम गर्न गइरहेको कुरा सामाजिक सञ्जालमा पोस्ट गर्नुभएको थियो।
आइतबार इजरायली डिफेन्स फोर्स (एडिएफ)ले आतङ्ककारी र आतङ्ककारी संरचनालाई नास गर्ने भन्दै गाजामा आक्रमण गर्ने बताएको थियो।
हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार सो स्थानमा कम्तीमा ८१ जनाको ज्यान गएको छ।




