ग्रीसमा बिहीबारको दिन अत्यधिक गर्मी महसुस गरिएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका धेरै भागमा तापक्रम ४० देखि ४२ डिग्री सेल्सियससम्म पुगेको छ भने केही स्थानहरूमा ४३ डिग्रीसम्म पुगेको युरोन्यूजले जनाएको छ।

आज शुक्रबार तापक्रम ४४ डिग्रीसम्न पुग्ने अनुमान गरिएको मौसम पूर्वानुमान विभागले जनाएको छ ।
तातो हावासहितको गर्मीले जनजीवन प्रभावित भएको छ। गर्मीका कारण स्वास्थ्यमा असर पर्न सक्ने सम्भावना भएकाले स्थानीय अधिकारीहरूले हिजो र आज विशेष सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन्। हिट स्ट्रेसको जोखिम बढेकाले आवश्यक सुरक्षा उपाय अवलम्बन गर्न अनुरोध गरिएको छ।




