युरोपमा जलवायु परिवर्तनको असर दिनप्रतिदिन गहिरिँदै गएको छ। पछिल्लो समय अत्यधिक गर्मीका कारण जनजीवन प्रभावित भएको छ भने मानव क्षतिको घटनासमेत बढ्न थालेको छ।
सोमबार फ्रान्समा तापक्रम ४३ डिग्री सेल्सियससम्म पुगेको छ। यस्तै, इटालीको साडीनियामा अत्यधिक गर्मीका कारण एक ४ वर्षीय बालकको मृत्यु भएको छ। समाचार संस्था France 24 का अनुसार गर्मीले बालकको मस्तिष्कमा गम्भीर असर पुर्याएको थियो।

युरोपका विभिन्न देशहरूमा वन डढेलोलोको घटनामा समेत वृद्धि देखिएको छ। जुलाई महिनाको अन्त्यसम्म स्पेन, पोर्चुगल र ग्रिसमा भयावह आगलागीका कारण कैयौं मानिसको मृत्यु भएको छ भने हजारौं नागरिक विस्थापित भएका छन्।
बेलायतस्थित कार्बन ब्रिफ संस्थाका अनुसार सन् २०२५ इतिहासकै दोस्रो वा तेस्रो सबैभन्दा तातो वर्ष बन्ने अनुमान गरिएको छ। वैज्ञानिकहरूका अनुसार औद्योगिक क्रान्तिपछि युरोपको जमिनको तापक्रम औसतमा २.५ डिग्री सेल्सियसले वृद्धि भएको छ।
विशेषज्ञहरू चेतावनी दिँदै भन्छन् कि जलवायु परिवर्तनको प्रभाव युरोपमा अझ गहिरिँदै जानेछ। आगामी वर्षहरूमा अझ चुनौतीपूर्ण परिस्थिति देखिन सक्ने सम्भावना रहेको समाचारमा उल्लेख गरिएको छ।
समाचारको लिंक
https://f24.my/BMcK




