विराटनगर, २०८२/५/७
१).४ महिनाको अवधिमा २ हजार ८ सय बढी विपदको घटनामा १ सय २६ जनाको मृत्यु

वैशाखदेखि साउन मसान्तसम्म नेपालभर २ हजार ८ सय ५३ वटा विपद्का घटना भएका छन् ।
४ महिनामा ती घटनामा परेर १ सय २६ जनाको ज्यान गएको छ भने २३ जना बेपत्ता भएका र ५ सय ८५ जना घाइते भएको हुन् ।
-Ujyalo Online
२).भारतको हिमाञ्चल प्रदेशमामनसुनजन्य घटनामा परि २८७ जनाको मृत्यु
भारतको हिमाञ्चल प्रदेशमा जुन २० देखि को मनसुनजन्य घटनामा परि २८७ जनाको मृत्यु भएको छ। त्यसमध्ये १४९ जनाको मृत्यु बाढी, पहिरो र अधिक वर्षाका कारण भएको हो। अगस्ट २१ सम्म त्यहाँ ३४६ ठाउँमा सडक अवरुद्ध भएको छ।
– The Economic Times
३).मनसुनजन्य घटनामापरि पाकिस्तानमा ७३९ को मृत्यु
यस वर्षको मनसुन सुरु भएदेखि अगस्ट २१सम्म पाकिस्तानमा ७३९ जनाको मृत्यु भएको छ भने ९७८ जना घाइते भएका छन्। सबैभन्दा धेरै पाकिस्तानको खैबर पख्तु नखुवामा ३६८ जनाको मृत्यु भएको हो।
-United Nation
४).युरोपको साढे ९ लाख हेक्टर जमिनमा आगलागी
युरोपियन देशहरुमा यो बर्ष ९ लाख ६७ हजार २६ हेक्टर जमिनमा आगलागी भएको छ।
यो अघिल्लो वर्षको तुलनामा ३ गुणा बढी हो।
अघिल्लो वर्षको यही अवधिलाई हेर्दा २ लाख १२ हजार ७ सय २९ हेक्टर जमिनमा आगलागी भएको थियो।
-EU Commission
५).गम्भीर खडेरीको मारमा इजरायल: यो बर्ष कृषि क्षेत्रमा ५ अरब भन्दा धेरैको क्षति हुने अनुमान
इजरायलका किसानले यो बर्ष गम्भीर खडेरीको सामना गरिरहेका छन्। त्यहाँ ३५ प्रतिशत किसान सुख्खाको मारमा परेका छन्।
खडेरीका कारण इजराइलमा यस बर्षको अहिलेसम्म झन्डै २ अरब रुपैयाँ बराबरको क्षति भएको छ। यो बढेर ५ अरब ६० करोड पुग्ने अनुमान समेत गरिएको छ।
सन २०२६ सम्म इजरायलको जल विभागले २५ करोड घनमिटर पानी कटौती गर्ने योजना बनाएको छ ।
-The Jerusalem post
६).स्वीटजरल्याण्डको एलेट्श हिमनदी सन २१०० सम्म पग्लिसक्ने अनुमान
स्वीटजरल्याण्डमा रहेको एलेट्श हिमनदी २१०० सम्म पग्लिसक्ने अनुमान गरिएको छ।
सन् २१०० सम्म उक्त हिम नदी पग्लिसक्ने स्विस हिमनदी अनुगमन सञ्जाल ले जनाएको छ।
एलेट्श हिमनदी पग्लदै जाँदा त्यहाँ जमिन पनि कमजोर भएको र पहिरो जान सक्ने सम्भावना अधिक रहेको छ । सन् २००० देखि २०२३ सम्मको अवधिमा उक्त हिमनदी वार्षिक औसत ४० मिटरले पछाडि सरेको छ।
-swissinfo
७).उत्तर भारतमा दुई दशकदेखि जमिनमुनीको पानीमा गम्भीर ह्रास
उत्तर भारतका विभिन्न प्रदेशमा जमिनमुनीको पानी असामान्य दरमा घटिरहेको एक अन्तर्राष्ट्रिय अध्ययनले देखाएको छ। सन् २००२ देखि सेटेलाइटमार्फत गरिएको अनुसन्धान अनुसार, उत्तर भारतमा हरेक वर्ष करिब ७० खर्ब घनफुट पानी गुमिरहेको छ।
अध्ययन अनुसार भारतले पछिल्ला दुई दशकमा १५४ खर्ब घनफुट पानी गुमाइसकेको छ। यस्तो हुनुमा जलवायु परिवर्तन, हिमालमा हिउँ कम पर्नु र हिउँ तीव्र दरमा पग्लनु प्रमुख कारण मानिएको छ।
-Deccan Herald




