जापानको राजधानी टोकियोमा लगतार १० दिनसम्म तापक्रम ३५ डिग्री सेल्सियस भन्दा माथि पुगेको छ।
जुन र जुलाईको चर्को गर्मीपछि जापानले यस्तो घटनाको सामना गर्नुपरेको त्यहाँको मौसम विभागलाई उदृत गर्दै समचार संस्था MALAY MAIL ले जनाएको छ।

जापान सरकारले गर्मीको मौसममा हीट स्ट्रोकबाट बच्नका लागि जनतालाई एयर कन्डिसन भएको कोठामा बस्न र खानपानमा ध्यान दिन आग्रह गरेको छ ।
विश्वकै दोस्रो सबैभन्दा वृद्ध जनसंख्या भएको मोनाकोमा गर्मीको अत्याधिक जोखिम रहेको समाचारमा उल्लेख छ ।
गत हप्ता मात्रै जापानमा ८,४०० भन्दा बढी मानिस हीट स्ट्रोकका कारण अस्पताल भर्ना भएका थिए। जसमध्ये १२ जनाको मृत्यु भएको जापानको फायर एण्ड डिजास्टर म्यानेजमेन्ट एजेन्सीले जनाएको छ।
जलवायु परिवर्तनको कारण तापक्रम बढेको समाचारमा उल्लेख गरिएको छ।
अत्याधिक गर्मीको महसुस गरिरहेको जापानमा रहेका बिभिन्न देशका पर्यटक र त्यहाँका जनताले बताएको समचारमा उल्लेख गरिएको छ
पश्चिम जापानको यामागुची प्रिफेक्चरस्थित हागी सिटीमा पहिरोको उच्च जोखिमका कारण करिब ४०० घरपरिवारलाई सुरक्षित स्थानमा सार्न आग्रह गरिएको छ।
यस वर्ष जापानले सन् १८९८ देखि तापक्रमको तथ्यांक संकलन सुरु गरेयता कै सबैभन्दा तातो जून र जुलाई अनुभव गरेको समचारमा उल्लेख छ । अगस्ट महिनामा त देशकै अहिलेसम्मकै उच्च तापक्रम रेकर्ड भएको छ इसेसाकीमा तापक्रम ४१.८ डिग्री सेल्सियस पुगेको थियो।
संयुक्त राष्ट्रसंघले अघिल्लो हप्ता विश्वभर तापक्रम बढ्ने सक्ने भन्दै सतर्क रहन आग्रह गरेको थियो ।




