भारतको उत्तराखण्ड क्षेत्रमा जलवायु परिवर्तनको गम्भीर असर देखा परेको छ।
उत्तराखण्डमा रहेको १००० वर्गमिटर भन्दा ठुलो ४२६ मध्ये २५ वटा हिमताल फुट्ने जोखिममा रहेको The Indian Express ले जनाएको छ।

त्यहाँ हिमताल बिस्फोट भएको खण्डमा सन २०१३मा केदारनाथमा आएको जस्तै बाढी आउने समाचारमा उल्लेख छ।
केदारनाथ नजिकै रहेको चौराबारी हिमनदी प्रत्येक वर्ष ७ मिटरका दरले घट्दै गएको छ । यसले आउँदा दिनहरुमा हिमताल पानी बढ्ने र बिस्फोट हुने खतरा बढेको छ ।
उत्तराखण्ड विपद् तथा दुर्घटना विश्लेषण पहल (UDAAI) ले २०२५ मा गरेको अध्ययन अनुसार ८ सय किलोमिटर लामो चार धाम सडक खण्डको ८२१ ठाउँमा पहिरो खसेको छ ।
यी सबै जलवायु परिवर्तन, उत्तराखण्डको कमजोर भूबनोट, अत्याधिक दोहन र जलवायु परिवर्तन मुख्य कारण रहेका छन्।




