पृथ्वीमा गर्मी बढेसँगै हिमाली र चिसो क्षेत्रमा बस्ने ठूला स्तनधारी जनावरहरूले आफ्नो व्यवहार र चालचलनमा नाटकीय रूपले परिवर्तन गरेको एक अध्ययनले देखाएको छ।
मोन्टोना स्टेट युनिभर्सिटीका अनुसन्धानकर्ताहरूले ग्रेटर एल्लो स्टोन पारिस्थितिकीय प्रणालीका विशाल जङ्गली क्षेत्रको जनावरमा १५ वर्ष लगाएर अनुसन्धान गरेका थिए। उक्त अनुसन्धानमा नौवटा स्तनधारी जीवहरू समावेश गरिएको थियो। ( bison, bighorn sheep, mountain goats, moose, mule deer, elk, pronghorn, wolves, र cougars.)

earth.com छापिएको लेख अनुसार अनुसन्धानकर्ताले गर्मीमा ती जनावरहरूले कसरी आफ्नो व्यवहार परिवर्तन ल्याउन सक्छन् भन्ने कुराको जानकारी लिन चाहन्थे।
उक्त अनुसन्धानमा ती जनावरहरूले गर्मीमा बासस्थान खोज्न एकै किसिमको व्यवहार देखाएका थिए। प्राय चिसो क्षेत्रमा पाइने ती जनावरहरू गर्मी मौसममा छायाँमा बस्थे । भने केही जनावरलाई शीतल ठाउँ खोज्न कठिनाइ हुँदा धेरै समयसम्म भौतारिन्थे।
गर्मीले ती जनावरहरूको शारीरिक बनावटमा परिवर्तन आएको अनुमान गर्न नसकिने उक्त अनुसन्धानमा उल्लेख छ।
तर बदलिदो तापक्रम अनुसार ती जनावरहरूले आफ्नो व्यवहार परिवर्तन गर्न सिकेका थिए। जसले उनीहरुलाई जलवायु परिवर्तन जस्तो समस्यामा आफूलाई बचाउन केही हदसम्म सक्ने अनुसन्धानकर्ताहरुले निष्कर्ष निकालेका छन्।




