विराटनगर । मोरङ जिल्लामा आर्थिक बर्ष २०८१/८२ को साउनदेखि चैत्रसम्ममा लागुऔसध कारोवार र ओसार पसारको अभियोगमा ४ सय व्यक्ति प्रकाउ परेका छन भने २२ सय ५० केजी गाँजा बरामद भएको छ ।
पक्राउ परेकाहरु मध्य ३ सय ९४ पुरुष र ६ जना महिला रहेका मोरङ प्रहरीका प्रवक्ता एवम डिएसपी वेदप्रकाश जोशीले जानकारी दिनुभयो । यस अवधिमा २ सय ७८ वटा मुद्धा दर्ता गरिएकामा २ सय १३ को फर्च्यौट भएको र ६४ वटा मुद्धा फर्च्यौट हुन बाँकी रहेको उहाँले बताउनु भयो ।


प्रवक्ता जोशीका अनुसार यो ९ महिनाको अवधीमा गाँजा सहित ब्राउन सुगर ६ सय ३३ ग्राम, एमपुल २ हजार ४ सय ८१ वटा र ६२ हजार ९ सय ८३ ट्याबलेट बरामद गरिएको हो ।
खुल्ला सीमाना भएको कारण लागुऔसध ओसारपासार र सेवन गर्न सहन भएको छ । उहाँ भन्नुहुन्छ, ‘खुल्ला सीमाना भएको कारण नेपालबाट तयारी गाजा भारत तर्फ निर्यात हुन्छ भने उताबाट पनि ड्रग्स लगायतका लागुऔसध नेपाल आउने गर्दछ । खुला सीमाको प्रयोग गरेर नेपाली युवायुवतीहरु भारत गएर ड्रग्स सेवन गर्ने गरेको पाइएको छ ।’
मोरङ प्रहरीले लागुऔसधको ओसारपसार र सेवनमा नियान्त्रण गर्न कानुनी कारबाहीका साथै जनचेतनाको कार्यक्रम पनि गरीरहेको प्रवक्ता जोशीको भनाई छ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत दुर्व्यासनी विरुद्धको जनचेतना मुलक कार्यक्रम समुदाय, विद्यालय चलाइरहेको र दुर्व्यासनी विरुद्ध आमाहरु कार्यक्रम पनि संचालन भइरहेको छ । यस कार्यक्रमले आमाहरुलाई आफ्नो बच्चा दुव्र्यासनमा फसेको नफसेको जानकारी गर्न सहज हुने उहाँले बताउनु भयो ।
त्यसैगरी मोरङ प्रहरीले फाइट अगेनस्ट नार्कोटिस्स (फ्यान) नामक जनचेतना मुलक कार्यक्रम समेत संचालन गरीरहेको छ । यस कार्यक्रममा विभिन्न सामुदायिक विद्यालयमा फ्यान गठन गरेर लागुऔसध मुक्त समाज निर्माण गर्ने काम भइरहेको छ ।
विशेषगरी किशोर किशोरीहरु लागुऔध दुर्व्यसनीमा फस्ने सम्भावना धेरै रहेको प्रवक्ता जोशीको भनाई छ । गलत व्यक्तीको संगत, पारिवारिक तनाव, सम्बन्ध बिग्रदा जानी-नजानी युवा तथा किशोर किशोरीहरु लागुऔसद दुर्व्यासनीमा फसीरहेका छन् ।
आफ्ना परिवारमा कोहीपनि लागुपदार्थ दुव्र्यासनीमा फसेको थाहापाउन साथ प्रहरीसँग समन्वय गरेर दुव्र्यासनी फसेको व्याक्तिहरु उद्धार गर्न समेत मोरङ प्रहरीका प्रवक्ता एवम डिएसपी वेद प्रकाश जोशीले अनुरोध गर्नुभएको छ । उहाँ भन्नुहुन्छ, ‘दुर्व्यासनीमा फसेका व्याक्तिहरु विरामी जस्तै हुन, उनीहरुलाई उपचार गरेर स्वास्थ्य व्याक्ति बनाउन सम्भव छ । त्यसैले आफ्नो इज्जत, प्रतिष्ठा जाने डरले परिवारमा कोही दुर्व्यासनमा फसेका छन भने लुकाउने प्रयास नगर्नुहोला ।’




