हरेक साससँगै हामी कस्तो हावा लिँदैछौं? नेपालका लागि यो प्रश्न आज गम्भीर बनेको छ। विश्व बैंकको प्रतिवेदनले देखाएको यथार्थ हृदय विदारक छ। वायु प्रदूषण हाम्रो जीवनको सबैभन्दा ठूलो दुश्मन बनिसकेको छ।
काठमाण्डौंको सडकमा, तराईको बस्तीमा, हामीले सास फेर्ने हावा विषाक्त बन्दै गइरहेको छ। यसै कारण आज हजारौँ नेपाली समयभन्दा अघि मर्न बाध्य छन्। औसत जीवन ३.५ वर्षले छोटिएको छ भने वर्षेनी झन्डै २६ हजार नेपालीले अकालमा ज्यान गुमाइरहेका छन्।

यो समस्याले न त श्रमिकलाई काम गर्न दिएको छ, न त पर्यटकलाई आउन। देशको अर्थतन्त्रसमेत प्रदूषित हावासँगै खिइँदैछ।
अब पनि नस्चिने हो भने हामीले आफ्ना सन्तानलाई पनि रोग र जोखिमकै बीच हुर्काउनु पर्ने दिन टाढा छैन। त्यसैले विश्व बैंकले सुझाएको छ सफा सवारी, धुलो नियन्त्रण, स्वच्छ ऊर्जा र छिमेकीसँग सहकार्य ताकि हामी शुद्ध सास फेर्न सकौँ।




