बारा । समग्र मधेस प्रदेश सुखाको मारमा परेको अवस्थामा बारा जिल्ला पनि यसबाट अछुतो रहन सकेको छैन। यस जिल्लामा सुख्खा (खडेरी)ले मुख्यतया दुई क्षेत्र खानेपानी र सिँचाइमा असर पारेको जिल्ला प्रशासन कार्यालय बाराका सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईले जानकारी दिनुभयो।
कृषि ज्ञान केन्द्रको अनुसार बारामा अनुमानित ४२ हजार २० हेक्टर क्षेत्रफलमा बर्खे धान रोपिएको छ । जुन खेतीयोग्य क्षेत्रफलको ८० प्रतिशत हुन आउँछ। एक हप्ता भित्र पानी नपरे रोपिएका अधिकांश खेतका धान मर्ने पनि केन्द्र बताएको छ ।










