काठमाडौं । बाजुराको हिमाली गाउँपालिका वडा नम्बर १ को बिच्छ्या खोलामा आज बुधबार साझ ७ बजेतिर ठूलो बाढी आएको छ ।
बिच्छ्या खाेलामा आएको बाढीले त्यँहाको झाेलुङ्गे पुल, दुई वटा घर साथै बिच्छया माध्यमिक विद्यालयको आधा मैदान पनि बगाएको हिमालीको गाउँपालिकाले जनाएको छ ।

हालसम्म मानवीय क्षति नभएको तापनि वडा कार्यालयको भवन एकदमै जोखिममा रहेको वडा नं १ का वडा सचिव संजिब चौधरीले बताउनु भएको छ ।
अहिलेसम्म क्षतिको सम्पुर्ण विवरण आइनसकेको उपप्रमुखको सचिवालयले जनाएको छ।
साउन २८ गते राति ०८ बजेर ३५ मिनेटमा बाजुरा जिल्ला स्थित कुवाडी खोला जलमापन केन्द्रमा जलसतह सतर्कता तह आसपास रहेको र बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्र र डुबान भइरहने होचा भू-भागहरूमा रहनेहरु उच्च सतर्कताका साथ सुरक्षित स्थानमा रहन नेपाल बाढी सुचनाले सतर्क गराएको छ।




