विराटनगर । वैशाखदेखि साउन मसान्तसम्मको देशभर २ हजार ८ सय ५३ वटा विपद्का घटना भएका छन् ।
४ महिनामा ती घटनामा परेर १ सय २६ जनाको ज्यान गएको छ भने २३ जना बेपत्ता भएका र ५ सय ८५ जना घाइते भएका राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

विपद्का घटनामा ५ हजार ४१ परिवार प्रभावित हुनुका साथै, बाढीका २ सय १६, पहिरोका ३ सय १७, अत्यधिक वर्षाका २ सय २१, चट्याङका २ सय ४५, सर्पदंशका ७७ वटा घटना भएका छन् ।
त्यसैगरी आगलागीका १ हजार १ सय १४, डढेलोका १ सय ५८, हुरीबतासका २ सय ७७, जनावर आक्रमणका १ सय ७२, लेक लागेको ४६, भूकम्पका ५, डुङ्गा पल्टेका २, असिना हुरी र अन्यका १/१ वटा विपद्का घटना भएका प्राधिकरणले जनाएको छ ।




