जलवायु परिवर्तनको मुख्य कारण हाम्रो आत्मिक अज्ञान हो। हामीलाई हरेक माध्यमबाट बढी उपभोग गर्न उक्साइन्छ। कामना उत्तेजित गर्ने विज्ञापन होस् वा अपूर्णताको भावना जगाउने प्रचार। जबर्जस्ती कामना पैदा गर्ने हर सूक्ष्म योजनाले हामीलाई लगातार लालायित बनाइरहेको छ।
…………………………..

उपभोग र आत्मिक रिक्तता
हरेक दृश्यले हामीलाई “यसैले तिमीलाई पूर्ण बनाउँछ” भन्छ।
– आकर्षक शरीर देखाएर लोभ्याउने विज्ञापन
– अपूर्णता महसुस गराएर बेचविखन बढाउने प्रवृत्ति
– आवश्यकता भन्दा बढी चाहना जगाउने सुनियोजित सन्देश
यसले दुईवटा स्पष्ट परिणाम जन्माउँछ:
– तपाईँको खल्ती खाली हुन्छ।
– पूँजीपतिलाई थप शक्ति मिल्छ, जसले पृथ्वीमा विनाशकारी कार्बन उत्सर्जन जारी राख्छ।
………………………………
कार्बन असमानता
हाम्रो मध्यम वर्गीय थोरै खर्च पूँजीपतिहरूको अरबौं डलरमा परिणत हुन्छ। Oxfam को २०२४ अध्यययनमा एकजना अरबपतिले ९० मिनेटमै त्यति कार्बन उत्सर्जन गर्छन्, जुन एक सामान्य व्यक्तिले जीवनभरमा पनि गर्न सक्दैन।
जति उनीहरुले उत्सर्जन गर्छन्, त्यति नै हाम्रो ग्रहको तापक्रम बढ्छ र भविष्य विनाशतर्फ ढल्कन्छ।
…….………………………
मध्यम वर्गीय पीडा
अन्ततः जानी–नजानी हामी आफैंले विनाशको बाटो रोज्छौं। तापक्रम बढेसँगै:
– खडेरी र अनिकाल बढ्छ
– अविरल वर्षा, बाढी, पहिरोको प्रकोप सिर उठाउँछ
– हिमताल बिस्फोटले अतिरिक्त भूल भर्ने अवस्था सिर्जना गर्छ ।
यी सबै विपत्तिको सामना गरिरहेकै छौ मध्यम वर्गका हामीले ।
…….………………………
मिडिया, पावर र सत्यको मुखछोप
आजको मिडिया खबर दिन होइन, विज्ञापन बेच्न खोलिएको हो।
रियालिटी सो मनोरञ्जन दिन होइन, विज्ञापन देखाउन अस्तित्वमा छन्।
सरकार तिनै अरबपतिका लागि उपयुक्त हुने नीति निर्माण गर्न बनेका हुन ।
हाम्रो नेता हामी छान्दैनौ,अरु कसैले छानेर पठाइदिएका हुन । विश्वास नलागे प्रयोग गर्नुहोस । एउटा व्यापारीले प्रधानमन्त्रीलाई सहजै भेटेर आफ्नो कुरा राख्छ, के एउटा किसानले प्रधानमन्त्री भेट्न पाउछ ।
पूँजीपति वर्गको लागि करको दरनै हेरफेर गर्ने सरकारले किसानले मल पाएनन् भनेर समयमै काम गरेको तथ्यांक छ । यस्ता कयौं उदाहरण छन्। जस्तै: शिक्षा, स्वास्थ्य र खानपान।
सेलिब्रेटीले भ्रामक सपना देखाएर फेरि उपभोगको चाकरी गराउँछन्।
सरकार मिडिया बिद्यालय सेलिब्रेटी कसैले हामीलाई जलवायु परिवर्तनको वास्तविकता थाहा पाउने अवसर नै दिँदैनन्।
…….………………………
जागरण र परिवर्तनको बाटो
हामीले एक–एक उपभोग घटाएर मात्र कार्बन उत्सर्जन रोकेर ग्रह बचाउन सक्छौं।
– जनसंख्या नियन्त्रण जरुरी छ । पृथ्वीले ८ अरब मानिसको आवश्यकता पुरा गर्दैन।
– अनावश्यक विज्ञापन र प्रवृत्तिबाट टाढा रहौँ
– आवश्यक मात्रामा यात्रा, लत्ता कपडा र आवास सम्हालेर उपयोग गरौँ
– सामूहिक आवाज उठाएर नीति निर्माणमा दबाब बनाऔं
हरेक छोटो कदमले भविष्यको विनाशलाई रोक्न सक्दछ।
अब जागौं, आवाज उठाऔं
wake up!




