इजरायलका किसानले यो बर्ष गम्भीर खडेरीको सामना गरिरहेका छन्। त्यहाँ ३५ प्रतिशत किसान सुख्खाको मारमा परेका छन्।
सन २०२६ सम्म इजरायलको जल विभागले २५ करोड घनमिटर पानी कटौती गर्ने योजना बनाएको समाचार संस्था वाई नेटले जनाएको छ। यसले कृषि उत्पादनमा गिरावट ल्याउनुका साथै अर्थतन्त्रमा पनि गम्भीर असर पार्ने सम्भावना रहेको छ।

द जेरुस्लम पोस्टका अनुसार विगतका वर्षहरूको तुलनामा यो वर्ष ४० प्रतिशत कम पानी परेको छ। जसले गर्दा इजरायलका कतिपय ठाउँमा गहु र जौ उत्पादनमा ६० प्रतिशतले गिरावट आएको छ भने फलफुल र तरकारीको मूल्यमा १२ प्रतिशतले वृद्धि भएको छ।
परागसेचन महत्वपूर्ण भूमिका खेल्ने मौरीको औसत मृत्युदर ५० प्रतिशत पुगेको छ।
खडेरीका कारण इजराइलमा यो बर्षको अहिलेसम्म झन्डै २ अरब रुपैयाँ बराबरको क्षति भएको छ। यो बढेर ५ अरब ६० करोड पुग्ने अनुमान समेत गरिएको समाचारमा उल्लेख छ।
इजरायलले दशकौंपछि खडेरीको सामना गरिरहेको छ ।




