युरोपियन देशहरु अहिले गर्मीको लहर र आगलागीका घटनाको गम्भीर चपेटामा परेका छन्।
यो बर्ष युरोपको ९ लाख ६७ हजार २६ हेक्टर जमिनमा आगलागी भएको युरोपियन कमिसन र इयु साइन्स हबको संयुक्त अनुसन्धानले पत्ता लगाएको छ।

अघिल्लो वर्षको यही अवधिलाई हेर्दा २ लाख १२ हजार ७ सय २९ हेक्टर जमिनमा आगलागी भएको थियो। जुन अघिल्लो वर्षको तुलनामा ३ गुणा बढी हो।
२०२५ को जनवरीदेखि १ हजार ७ सय ८४ वटा आगलागिका घटना भएका छन्। भने आगो लागेकै कारण ३८ दशमलव ०४ मेट्रिक टन कार्बन उत्सर्जन भएको छ।




