विराटनगर। सन २०२५ मा अनौठो “विश्वकप” सकिएको छ, यो विश्वकपको उपाधि चाहिँ सबैभन्दा धेरै गोल गर्ने वा रन बनाउनेले जितेनन् ।
यसपटकको विश्वकप सबैभन्दा धेरै धुवा उडाउने देशले जितेको छ।

यस प्रतियोगितामा पाकिस्तानले शानदार प्रदर्शन गर्दै “सबैभन्दा प्रदूषित देश” को ट्रफी उचालेको छ।
अन्तर्राष्ट्रिय समाचार संस्था Reuters का अनुसार पाकिस्तान पहिलो नम्बरमा पुगेको हो, जबकि Bangladesh यसपटक दोस्रो हुँदै “रनर-अप” मा सीमित भयो।
🌫️ PM2.5 – धुवाँको सुपरहिट स्कोर
World Health Organization (WHO) ले तोकेको मापदण्डभन्दा पाकिस्तानको PM2.5 स्तर १३ गुणा बढी पुगेको छ।
यसलाई हेर्दा लाग्छ, त्यहाँको हावा पनि “ओभरअचीभर” भएको छ 😅
🎓 “विश्व परीक्षा” र नतिजा
यो त बिल्कुल नेपालको सरकारी विद्यालयको परीक्षाजस्तै भयो ।
परीक्षा दिन आएका देशहरू: धेरै
पास हुने: निकै थोरै
फेल हुने: झन्डै सबै!
समाचार अनुसार, विश्वका १३० भन्दा बढी देशहरू World Health Organization को मापदण्ड पूरा गर्न असफल भएका छन्।
अर्थात्, यो “हावा परीक्षा” मा अधिकांश देशहरू फेल भएका छन्!
🤔 निष्कर्ष
यो ट्रफी जित्नु भनेको खुशीको कुरा होइन, चेतावनी हो ।विश्वव्यापीरुपमा प्रत्येक बर्ष ७९ लाख मानिसको मृत्यु वायु प्रदूषणको कारण हुन्छ।




