विश्वका पुराना सभ्यताहरू माया सभ्यता, मेसोपोटामिया सभ्यता र खमेर साम्राज्यको पतनको मुख्य कारण जलवायु परिवर्तन रहेको एक अध्ययनले देखाएको छ ।
वल्ड इकोनोमिक्स फोरमले यी सभ्यताहरूको पतन हुनुको कारण जलवायु परिवर्तन रहेको रिपोर्टमा उल्लेख गरेको छ ।

माया सभ्यता
विश्वको सबैभन्दा पुरानो इन्साइक्लोपीडिया ब्रिटानिकाको अनुसार इसा पुर्व १५०० देखि सन् ९०० सम्म अस्तित्वमा रहेको माया सभ्यता अहिलेको दक्षिण मेक्सिको, एल साल्भाडोर, होन्डुरस, बेलीज, ग्वाटेमाला र निकारागुवा सम्म फैलिएको थियो । माया सभ्यताभित्र ४० सहर हरु थिए उक्त सहरमा ५ हजार देखि ५० हजार सम्म मानिसहरु बस्थे ।
माया सभ्यताले ९ औ शताव्दीसम्म आइपुग्दा भयानक खडेरीको सामना गर्न पुग्यो ।
बैज्ञानिक हरुको अनुसार माया सभ्यताको बिनाशको कारण जलवायु परिवर्तन र खडेरी थियो ।
खमेर साम्राज्य
खमेर साम्राज्यको क्षेत्रफल झण्डै १० लाख वर्गकिलोमिटर थियो। यो राज्य अहिलेको कम्बोडिया, थाइल्याण्ड, लाओस र दक्षिण भेइतनामसम्म फैलिएको भारतको चर्चित शैक्षिक संस्था अनएकेडेमीले जनाएको छ।
सन ८०२ बाट अस्तित्वमा आएको यो साम्राज्य सन १४३१ सम्म आइपुग्दा पतनको अन्तिम अवस्थामा आइपुगेको थियो । The world economic forum को अनुसार खमेर राज्यको पतनको कारण पनि खडेरी नै थियो।
मेसोपोटामिया सभ्यता
इसापूर्वभन्दा लगभग ५००० वर्षअगाडि टिग्रिस र युफ्रेटस दुई नदीको मध्यभागमा एउटा समृद्ध सभ्यताको विकास भएको थियो । यही सभ्यतालाई नै मेसोपोटामियाको सभ्यता भन्ने गरिन्छ । एक उन्नत सभ्यताको रुपमा लिएको यो सभ्यता पनि जलवायु परिवर्तनबाट बच्न सकेन । इशा पूर्व २२ सयसम्म आइपुग्दा यो सभ्यताको पनि बिनाश भएको वल्ड इकोनोमिक्स फोरमको २०१९ को रिपोर्टमा उल्लेख छ । मेसोपोटामियामा ३०० बर्ष भन्दा लामो खडेरी चलेको थियो।
जसरी माया सभ्यता, मेसोपोटामिया सभ्यता र खमेर साम्राज्यको जलवायु परिवर्तनको कारण पतन भयो । यसरीनै जलवायु परिवर्तनलाई वेवास्ता गर्ने हो भने पृथ्वीवाट मानव सभ्यताको पनि अन्त्य हुने भन्दै बैज्ञानिकहरुले मानिसलाई सचेत हुन चेतावनी दिइसकेका छन ।
संयुक्त राष्ट्रसंघ जलवायु परिवर्तनका प्रमुख साइमन स्टिलले पथ्वीलाई जलवायु परिवर्तनबाट बचाउन दुई बर्ष मात्र बाँकी रहेको बताएका छन ।
जलवायु परिवर्तनले विश्वव्यापीरुपमा पारेको असर
Bloomberg को रिपोर्ट अनुसार गर्मीका कारण सन २००० देखि २०१९ सम्म प्रत्येक बर्ष ४ लाख ९० हजार मानिसको मृत्यु गर्मीको कारण भएको थियो ।
Climate center को रिपोर्टलाई हेर्दा यो बर्ष अधिक गर्मीले गर्दा विश्वको ६० प्रतिशत जनतालाई प्रतक्ष्य असर पारेको थियो ।
यही बर्ष जुन २१ मा हज यात्रामा हिडेका १३ सय जनाको मृत्यु गर्मीको कारण भएको थियो ।
लामो समयदेखि नामिबियाले भोकमरी र खडेरी जस्तो संकटको सामना गरीरहेको छ ।
जिम्बावेले दुई सय वटा हात्ती मारेर भोकमरीबाट पीडित नागरिकलाई मासु वितरण गर्ने भएको छ । चार दशकको सबैभन्दा खराब खडेरीपछि तीव्र भोकमरीको सामना गरिरहेका समुदायलाई खुवाउन दुई सय वटा हात्ती मार्ने योजना बनाइएको जिम्बावे सरकारका मन्त्रीलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ ।
साइन्स जर्नलमा प्रकाशित अध्ययनको निष्कर्ष अनुसार नौ दिनसम्म संसार हल्लाउने घटनाका पछाडि ग्रीनल्यान्डमा२०२३ मा आएको एक विशाल पहिरो र त्यसले ल्याएको महासुनामी थियो ।
बिबिसीको अनुसार ग्रीनल्यान्डको पूर्वी भागमा रहेको एउटा हिमनदी पग्लिएर गएको वर्ष सेप्टेम्बर १६ तारिखमा दुई करोड ५० लाख क्युबिक मिटर चट्टान र बरफ सहितको पहिरो पानीमा खसेको थियो । त्यहाँ दुई सय मिटर अग्लो सुनामी आएका कारण संसारभर भूकम्पको सङ्केत पाएको अध्ययनको निष्कर्षमा भनिएको हो ।
अहिले समग्र पृथ्वी नै जलवायु परिवर्तनको चपेटामा छ ।
अवको ६० देखि ७० बर्ष भित्र समुद्री सतहमा बसेका सहरहरु डुबी सक्ने छन। माले, बैङ्कक, ढाका र मियामी लगायतका १० वटा सहर सन २१०० सम्म डुबि सक्ने खतरा रहेको वल्ड इकोनोमिक्स फोरमले उल्लेख गरेको छ।
संयुक्त राष्ट्रसंघको अनुसार विश्वब्यापी रुपमा सन् १९९८ देखि २०१७ को बिचमा खडेरीका कारण मात्र १२४ अर्ब अमेरिकी डलर बराबरको आर्थिक नोक्सानी भएको छ भने एक अर्ब ५० करोड मानिसलाई खडेरीले प्रतक्ष्य असर पारेको थियो ।
उच्च दरमा भइरहेको हरित गृह ग्याँस उत्सर्जनलाई हेर्दा यो शताब्दीमा विश्वका झण्डै १३० देशले खडेरीको गम्भीर असरको सामना गर्नु पर्ने देखिएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
उता यरोपले मात्रै खडेरीको कारण प्रत्येक बर्ष ९ अर्ब युरो को क्षति बेहोर्दै आएको छ ।
NASA ले सन २००२ देखि २०१७ सम्म ग्रीनल्याण्ड(Greenland) र अन्टार्कटिका(Antarctica) मा स्याटेलाइट (satellite) को माध्यमबाट निगरानी राख्न सुरु गरेको थियो । स्याटेलाइट (satellite) ले दिएको जानकारीले सवैलाई चकित बनायो किनभने ग्रीनल्याण्ड(Greenland) र अन्टार्कटिका(Antarctica) को हिउँले ढाकेको सतह तिव्र गतिले घट्दै गएको देखिएको छ ।
भेनेजुएला देशले २०२४ सम्ममा आफ्ना सारा हिमनदी गुमाइसकेको छ । यो घटनालाई पनि जलवायु परिवर्तनको असरको रुपमा लिन सकिन्छ
जलवायु परिवर्तनले नेपालमा पारेको प्रभाव
“हरेक जाडो मौसममा पटकपटक ठूलो हिमपात हुन्थ्यो। हिउँको थुप्रोले मानिसनै पुर्ला जस्तो हुन्थ्यो। तर अहिले त्यस्तो हुँदैन। हिउँददेखि लिएर वैशाखसम्मै सेताम्मे हुने हिमालहरू अचेल काला चट्टानजस्ता देखिन्छन्,” यो भनाइ १५ पटकसम्म सगरमाथा आरोहण गरिसकेका सफल हिमाल आरोही फुर्वा तेन्जिङ शेर्पाको हो। उनले BBC लाई दिएको अन्तर्वार्तामा यो कुरा भनेका थिए ।
सगरमाथामा २ हजार बर्ष देखि जमेको हिउँ पग्लिन थालेको छ । प्रयाप्त हिउँ नपर्दा हिमालहरु काला पथ्थरमा परिवर्तन हुदै छन ।
२०७९ सालको दशैको बेला अचानक परेको मुसलधारे पानी र किसानहरु को बिजोग।
त्यति खेर अचानक परेको मुसलधारे पानीले लाखौ किसानहरुको खेतमा पाकेर काट्न लागेको धान खेतिमा कति हानीनोक्सानी गरिदिएको थियो ।
नेपालमा जलवायु परिवर्तनको असरलाई हेर्ने हो बर्षेनी २ अर्ब रुपैयाँ भन्दा बढी सम्पतिको क्षति हुने गरेको छ भने ३ सय भन्दा बढी मानिसको मृत्यु हुने गरेको छ।
हाम्रो देश २००० जति हिमतालहरू छन् । ती मध्ये २१ वटा हिमताल फुट्ने खतरामा छ।
अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)को अध्ययनले च्छो रोल्पा हिमताल फुटेमा नेपालले करिव १८ करोड नोक्सान बेहोर्नुपर्नु पर्छ । यस्तै, ठूला हिमताल बिस्फोटन भएमा झन्डै ४८ अर्व ८२ करोड सम्मको आर्थिक क्षति बेहोर्नुपर्ने छ । इम्जा हिमताल बिस्फोट हुँदा मात्रै पनि १ अर्ब ४६ करोड नोक्सान बेहोर्नु पर्नेछ । लुमुचिमी हिमताल बिष्फोट भयो भने त झन १४ अर्ब रूपैयाँ बरावरको आर्थिक नोक्सानी नेपालले बेहोर्नुपर्ने देखाएको छ ।
०६९ साल वैशाखमा माछापुच्छ्रेको फेदीतिर य
हिमताल विष्फोट हुदाँ सेती नदीमा बाढी आएर दर्जनौँ मानिसको ज्यान गएको थियो , कैयौ परिवार आफ्नो घरबाट विस्थापित भएका थिए र ठूलो मात्रामा भौतिक संरचनाको विनाश भएको थियो।
हिमताल विस्फोट हुदाँ नेपालको सन्दर्भ विद्युत उत्पादन क्षेत्रमा ठुलो क्षति पुग्छ। नेपालमा सबै बिजुली खोला बाट निकालिन्छ , हिमताल विस्फोट हुदाँ एकैपटक आएको ठुलो बाढीले जलविद्युत परियोजनामा क्षति पुर्याउने सम्भावना धेरै छ।




