दक्षिण प्रशांत महासागरमा अवस्थीत एउटा सानो टापु देश तुवालुको अस्तित्त्व जलवायु परिवर्तनको कारण संकटमा परेको छ ।
समुन्द्री सतहको बृद्धि भएसँगै यो देशको अस्तित्व संकटमा परेको अन्तराष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।

सन २०५० सम्ममा तुवालुको महत्वपुर्ण भुभाग एटोल र फनफुटी डुबि सक्ने उक्त समाचारमा उल्लेख गरिएको छ। एटोलमा मात्रै तुवालुको ६० प्रतिशत जनता बस्ने गर्दछन।
२६ बर्ग किलोमिटर क्षेत्रफलमा फैलीएको तुवालुको जनसङ्ख्या ११ हजार रहका छन भने । यो देश समुन्द्री सतहदेखि २ मिटरको उचाईमा रहेको
छ ।




