मोहनदास करमचन्द गान्धी कसरी ‘महात्मा गान्धी’ भए ? भारतका वेदान्त शिक्षक आचार्य प्रशांतबाट पाएको जानकारीअनुसार उनको जीवन यात्रा यस्तो छ ।
माहात्मा गान्धीको सुरुवाती अवस्था

माहात्मा गान्धी एक सामान्य मानिस जस्तै देखिन्थे ।होचो दुब्लो पातलो शरीर अनि लाम्चो अनुहार, भएका एक सामान्य व्यक्ति थिए ।
उनको आवाजमा पनि कुनै त्यस्तो दम र मधुरता थिएन जसले भिडलाई आकर्षण गरोस । गान्धी बोल्दा कसैले ध्यान समेत दिदैन थिए ।
बैष्णव परिवारमा जन्मेका उनी सुरुवाती चरणमा धर्म प्रति शंका गर्ने गर्दथे। र धर्म परिबर्तन गर्ने सोच समेत बनाएका थिए । युवा अवस्थामा गान्धीको खासै धर्म प्रति आस्था थिएन्।
गान्धी युवा अवस्थामा अन्तरमुखी स्वाभावका थिए । भीडमा बोल्न डराउँथे। अदालतमा उनी वकालत गर्थे तर बोल्न डराएर लेखनदास बने। उनी एकान्त प्रिय थिए।
गान्धी एक साधरण पुरुष जस्तै कामवासना लिप्त थिए ।
उनी कुनै पनि काममा दृढ रहन सक्दैन थिए । सुरुमा कसैको इच्छा अगाडि सहजै झुक्ने गर्थे ।
बेलायतीहरुको अगाडि हीन भावनाबाट ग्रसित थिए । ब्रिटेन पढ्न गएको बेला अङ्ग्रेज जस्तो देखिन काफी कोशिस गरेका थिए ।
सुरुवाती चरणमा उनी पनि जातिगत संस्कारमा हुर्किएका थिए । उनीकी श्रीमती पनि वर्ण व्यवस्थामा विश्वास राख्थिन्।
बेलायतमा पढेका उनले दशकौंसम्म अफ्रिकामा वकालत पेसा गरे । अङ्ग्रेजी भाषामा राम्रो पकड थियो।
———————————————–
माहात्मा गान्धी बनेपछिको अवस्था
भारतमा उनको जतिको मुर्ति र प्रतिमा अरु कसैको बनाइएको छैन। उनको तस्वीर जति अरु कसैको फोटो भारतमा छापिएको छैन।
गान्धीको एक आवाजमा पुरा भारत खडा हुन्थ्यो। गान्धीजीको आवज आकाशवाणी जस्तो दुरदराजमा पुग्थ्यो।
उनको आश्रममा आएर हजारौं मानिस शाकाहार र पशुप्रेम मा सदा जोडिएका थिए ।
गान्धीले भागवत गीतालाई आमा मानेर रामराज्यलाई स्वीकार गरेका थिए । पुरा आन्दोलन नै धर्मको आधारमा अगाडी बढेको थियो ।
भारतका उद्योगपतिले त उनलाई समर्थन गरेका थिए भने किसान र गरीबले समेत उनलाई चन्दा दिएका थिए । उनलाई धन दिनुको अर्थ स्वतन्त्रताको यज्ञमा आहुति दिएको भन्ने मान्यता राख्थे ।
ब्रिटिश सरकार, जहा सुर्य समेत एक समय डुब्दैन थियो । ब्रिटिश र जर्मनी जसले पहिलो र दोस्रो विश्वयुद्ध जितेका थिए उनीहरु समेत गान्धीजीको लाठीको अगाडि झुक्न बाध्य हुन्थे।
आम लाखौ सर्वसाधारण वीचमा आमसभा सहभागी भए पैदल यात्रा गरे। जो मान्छे उनीसँग मिल्थे उनीहरु गान्धीबाट प्रभावित भएकै हुन्थे।
गान्धीले ३५ बर्षकै उमेरमा ब्रह्मचर्य ब्रत धारण गरेका थिए।
पछिल्ला दिनहरूमा उनका कुरा कसैले सुन्दैन थिए भने अनिश्चित कालिन आमरण अनसनमट बस्थे । उन अगाडि जवाहरलाल नेहरू समेत जिद्दी गर्न सक्दैनन् थिए ।
गान्धीलाई पुरा ब्रिटिश सरकारले ससम्मान नजरले हेरेका थिए । लाखौ युरोपियन र अमेरिकनहरुले उनलाई प्रेरणा र आदर्श माने ।
उनले आफ्नो परिवारको इच्छा बिपरीत गएर हरिजनकी छोरीलाई धर्मपुत्रीको रुपमा अपनाएका थिए ।
उनले बिदेशी बस्त्र नै त्यागेर लंगोट लगाएर आफ्नो अभियान चलाए । क्षेत्रीय भाषाहरुको अधिक प्रयोग गरे ।
चाइनहरु उनहरुले उनलाई गौतम माने, ईसाईहरु उनमा जीससको छवि देख्दथे ।
एक सामन्य भन्दा तल्लो तहको गान्धीको भारतलाई ब्रिटिश साम्राज्यबाट मुक्त गराउन महत्वपुर्ण योगदान छ। एक समय कहिल्यै सुर्य नडुब्ने ब्रिटिश साम्राज्यलाई गान्धीले झुक्न बाध्य पारे ।




