समुन्द्री सतह देखि १५ सय देखि १६२० मिटरको उचाइमा कोष्टारिका (Costa Rica) को cloud forest को ४ बर्ग किलोमिटर क्षेत्र भित्र पाइने गोल्डेन टोड्स(golden toad) सन २००४ मा विलुप्त भएको IUCN ले घोषणा गरेको हो।
इन्टरनेशनल युनियन फर कन्जरभेसन अफ नेटर एण्ड नेचुरल रिसोर्स (IUCN) को अनुसार गोल्डेन टोड्स (golden toad) कोस्टारिका जंगलको वर्ष बन (cloud forest) मा ४ बर्ग किलोमिटरको क्षेत्रमा मात्र पाइन्थ्यो। यि टोड्सहरु स्थाइ रुपमा बसोबास गर्ने र सफा पानीमा मात्र बस्न रुचाउने प्राणी थिए। तर सन १९८७ देखि ८९ सम्म खडेरी पर्दा प्राकृतिक वासस्थानको बिनाश, जैबिक विविधतामा आएको परिवर्तन, जलबायु परिबर्तन, प्राकृतिक वासस्थानको बिनाश, खडेरी र Chytrid fungusको कारण यिनीहरुको बासस्थान र सन्तान उत्पादन प्रक्रियामा धक्का पुगेको थियो।

Chytrid fungus को कारण गोल्डेन टोड्स (golden toad) को छाला बाक्लो हुने र नमीं, पानी र अक्सिजन छालाबाट सोस्न नपाउँदा समस्यामा परेका थिए । यसै कारण यिनीहरुको संख्या घट्दै गइरहेको थियो।
यसरी २ बर्ष सम्मको खडेरी, जलवायु परिवर्तन, बासस्थानको बिनास र Chytrid fungus को कारण सन १९८७ मा १ हजार भन्दा बढीको संख्यामा कोष्टारिका (Costa Rica) को जंगलमा देखिएको गोल्डेन टोड्स (golden toad) सन १९८९ सम्म आइपुग्दा जम्मा एउटामा भाले गोल्डेन टोड मात्र जीवित थियो ।
२००४ मा बाँकी बाचेको भाले गोल्डेन टोड्स(Golden toad) को मृत्यु पछि यस प्रजाति पृथ्वीबाट सदाको लागि विलुप्त भएको IUCN ले आफ्नो वेबसाइटमा मा उल्लेख गरेको हो ।
यसरी जलवायु परिवर्तनको कारण गोल्डेन टोड्स(Golden toad) पृथ्वीबाट सदाको लागि विलुप्त भएको हो ।




