काठमाडौँ। आचार्य प्रशांतले हिन्दूहरुद्वारा नै हिन्दु आराध्य देवी देवताको अपमान भएको बताउनु भएको छ।
आचार्य प्रशांतलाई गीता सत्रको समयमा एक सहभागीले सोधेका थिए, ‘भारतमा १०/१२ सालको गुरु बनाएर स्थापित गर्छन र उसलाई सुन्ने हरुको भिड पनि हुन्छ ? यसरी गुरु जस्तो महान नामलाई मान्छेले खेलौना जस्तो बनाइदिएका छन ।’ यसै प्रश्नको जवाफमा उहाँले सो कुरा बताउनुभएको हो । बिगत २० बर्ष भन्दा धेरै समय देखि आचार्य प्रशांतले अनलाइन माध्यमवाट भागवत गीता पढाउदै आउनुभएको छ।

हामी आफै महान बन्न कोशिस गर्दैनौ । महान बन्न समय र मेहेनत लाग्छ । त्यसैले हाम्रो आराध्यदेवलाई पनि खेलौना जस्तो बनाउछौ। उहाँ भन्नु हुन्छ,’देख्दैनौ लिटल देवी, दुर्गा देवी जसले महिषासुर जस्तो राक्षस प्रवृत्तिलाई परास्त गरेको देवीलाई गुणिया जस्तो बनाएको ।’
उहाँले अहिले हिन्दुहरुले भागवत गीताको कृष्णलाई समेत बाल गोपाल बनाएर कृष्णको अपमान गरेको बताउनु भयो । आचार्य प्रशांत भन्नु हुन्छ, ‘भागवत गीताको श्रीकृष्णको अगाडि आम मानिसको अहंकार, कामना र छुद्रताको अन्त्य पक्का छ । आफ्नो कामना बचाइराख्न हिन्दुहरुले विराटरुप धारी कृष्णलाई समेत सानो खेलौना जस्तो बाल गोपाल बनाएका छौ ।’
हिन्दुहरू स्वयंले नै कसैको पकडमा आउन नसक्ने महादेव जसको रौद्र रुप यस्तो थियो ताण्डव गर्दा प्रलय आउथ्यो, त्यस्तो महादेवलाई समेत आफ्नो हातको खेलौना बनाएको बताउनु भएको छ ।
भगवान गणपति, प्रभु श्रीरामलाई समेत बिकृत गरेको र हिन्दुको आराध्यदेव माथिको अपमान, मजाक पछिल्लो हरेक बर्ष बढ्दै गइरहेको उहाँले बताउनुभयो।
यस्तो हुनुको मुख्य कारण लोक धर्म रहेको बताउनु भएको छ। उहाँ भन्नुहुन्छ, ‘ ९९ दशमलव ९९ प्रतिशत हिन्दु लोक धर्मको पछाडि लागेका छन्। लोक धर्म मानिस हरुको आदत र संस्कृतिको रुप हो, जो अहंकारको कठपुतली हुन्छ । म धर्मको अनुसार चल्दिन धर्म मेरो अनुसार चल्नु पर्छ यसलाई लोक धर्म भनिन्छ ।’
लोक धर्म वास्तविक धर्मको प्रारम्भिक रुप नभइ यसको विपरित रहेको उहाँले बताउनु भएको छ । ‘लोक धर्म एक प्रकारको बिष हो जसले वास्तविक धर्मको सही मर्मलाई आम सर्वसाधारणसम्म जान रोकिदिन्छ । वास्तविक धर्मको अन्त्य गर्न सक्छ ।’
चाडपर्वलाई मनोरञ्जन र सामान बेच्ने माध्यम बनेको छ। महिला पुरुषहरु डेटिङ गर्ने माध्यम वनेका छन । हत्या हिंसा पशुबलि पनि नवदुर्गा, रामनवमी, दशै, तिहार जस्तो पर्वमा धेरै भएको उहाँको भनाइ छ ।
गलत प्रथा परम्परा रितिरिवाज र चाडपर्वको तोडमोड गरेकाले धेरै मानिस वास्तविक धर्मदेखि टाढिँदै गएको उहाँले बताउनुभयो ।




