स्पेनमा मंगलबार परेको बर्षासँगै आएको बाढीका कारण १ सय ५८ जनाको मृत्यु भएको छ भने कयौं बेपत्ता भएका छन् ।
पुर्वी प्रान्त भ्यालेन्सियामा आएको उक्त बाढी ५० बर्ष यताकै सबैभन्दा ठूलो भएको बिबिसीले जनाएको छ ।
वेपत्ता र घाइते हरुको खोजी तथा उद्दार भइरहेको छ ।
बाढीमा फसेकाहरु घरको छत र ठुला रुखमा चढेर ज्यान बचाउन सफल भएका थिए ।

सन् १९७३ यता बाढीका कारणले स्पेनमा यति धेरै सङ्ख्यामा मानिसको ज्यान गएको यो पहिलो पटक हो। त्यसबेला देशको दक्षिण पूर्वी क्षेत्रमा गएको अहिलेसम्मकै सर्वाधिक खराब बाढीमा कम्तिमा १५० जनाको मृत्यु भएको थियो।
मुसलधारे वर्षापछि आएको बाढीले पुल र भवनहरू बगाएको छ ।
स्पेनको सरकारी मौसम एजेन्सीका अनुसार भ्यालेन्सीया नजिकैको एउटा नगर चीभामा एक वर्ष बराबरको पानी जम्मा ८ घण्टामै परेको थियो।
बाढीले ल्याएको माटो, भग्नावशेष र बगाएका कारहरूका कारण सडक पनि अवरुद्ध छन्।
जलवायु परिवर्तनका कारण वायुमण्डलमा तापक्रम बढेसँगै भीषण वर्षाका कारण बाढी आएको खबरमा उल्लेख छ।




