स्पेनको पूर्वी भ्यालेन्सियामा बाढीका कारण २ सय ११ जनाको मृत्यु भएको छ भने कयौं बेपत्ता भएका छन् ।
पुर्वी प्रान्त भ्यालेन्सियामा आएको उक्त बाढी ५० बर्ष यताकै सबैभन्दा ठूलो भएको बिबिसीले जनाएको छ ।
बाढी प्रभावित भ्यालेन्सियामा थप १० हजार सैनिक र प्रहरी खटिएका छन्।

सन् १९७३ यता बाढीका कारणले स्पेनमा यति धेरै सङ्ख्यामा मानिसको ज्यान गएको यो पहिलो पटक हो। त्यसबेला देशको दक्षिण पूर्वी क्षेत्रमा गएको अहिलेसम्मकै सर्वाधिक खराब बाढीमा कम्तिमा १५० जनाको मृत्यु भएको थियो।
भ्यालेन्सियाको एक अदालतलाई मुर्दाघर बनाइएको छ ।




