विराटनगर। हिजो अस्ताउँदो सूर्यलाई र आज उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै यस बर्षको छैठ पर्वको विधिवत रुपमा समापन भएको छ ।
तराई मधेसमा मात्र मनाइने यो पर्व अहिले आएर राष्ट्रिय पर्वको स्थापित भएको छ ।

अहिंसा, भाइचारा, सामुहिक भावनाको विकास र प्रकृति प्रतिको प्रेम भाव बिकास गर्न छैठ पर्वको महत्वपुर्ण योगदान रहेको छ ।
छठ पर्व बिश्वमा मनाइने बिभिन्न पर्व मध्यको उत्कृष्ट वैदिक र पर्यावरण मैत्री पर्व भएको आध्यात्मिक गुरु आचार्य प्रशांतले एक अन्तर्वार्तामा बताउनु भएको छ ।
आचार्य प्रशांतको अनुसार अन्य पर्वहरूमा हत्या हिंसा र भोगविलास जस्ता कार्यहरू अधिक हुने तर छठ पर्व त्यस्तो नहुने साथै छैठमा प्रयोग हुने सामग्रीहरु चाडै माटोमा मिल्ने भएको ले यो पर्व वातावरण मैत्री रहेको इन्डिया न्युजमा अन्तरवार्ता दिने क्रममा बताउनु भएको हो।

यस पर्वले मानव र प्रकृतिको सम्बन्ध भोग विलासको नभइ नमनको हुनु पर्ने बताउनु भएको छ। प्रकृतिको सामुन्ने मानिस भोग विलासको दृष्टिले भन्दा पनि झुकेमा मात्रै मानिसको अस्तित्व पृथ्वीमा सहज हुने कुरालाई उजागर गरेको उहाँले बताउनुभयो।
छैठ पर्वले मानिसलाई नदी प्रदुषण, घट्दो जलस्तर र बढ्दो जल संकटको बारेमा सचेत गराएको आचार्य प्रशांतले बताउनु भएको छ । उहाँ भन्नुहुन्छ, ‘कमसेकम छठको समयमा त यामुना गंगा नदीमा भएको फोहोरको बारेमा चर्चा हुने गर्दछ। यदि छठ पर्व नहुँदो हो त यस्ता कुराहरु पनि हु
दैन थियो। ‘




