विराटनगर। जलवायु परिवर्तनका कारण पृथ्वीमा केही समय देखि जनजीवन अस्तब्यस्त बन्दै गएको छ । यसको असर गम्भिर रुपमा नेपालमा पनि परेको छ ।
यसै सन्दर्भमा नेपालमा जलवायु परिवर्तन बारे सर्वसाधारणलाई कतिको जानकरी छ भनेर एभरेष्ट पोलले एक सर्वेक्षण गरेको थियो । उक्त सर्वेक्षणमा ३ सय ३४ जनालाई जलवायु परिवर्तन सम्बन्धी समस्यालाई कुन रुपमा हेर्नुहुन्छ भनी सोधिएको थियो।


उक्त सर्वेक्षणको नतिजा यसप्रकार छ।

जलवायु परिवर्तन कुनै समस्या नै होइन भन्नेमा ५५ जना,
सामान्य समस्या हो डर मान्नु पर्दैनमा भन्नेमा १६१ जना,
मानिसको अस्तित्व संकटमा पर्न सक्ने समस्या हो भन्ने तर्फ ४० जना र
७८ जनाले आफुलाई जलवायु परिवर्तन सम्बन्धी कुनै जानकारी नभएको बताएका थिए ।
यस सर्वेक्षणमा सहभागी भएकामध्ये वृद्ध वृद्धा र किश्वोर विश्वोरीले थाहा नभएको बताएका थिए।कतिले जलवायु परिवर्तन पनि हुन्छ र? भन्ने सम्मको प्रश्न गरे।
प्रश्नलाई नजर अन्दाज र वेवास्ता गरेर जानेहरू पनि अधिकांश थिए।
जलवायु परिवर्तन सम्वन्धि जानकारी सरकारले जनतासम्म पुर्याउन खासै कोशिस समेत नगरेको पाइयो।अधिकांश जनता अनविज्ञ छन जलवायु परिवर्तनको बारेमा। यसलाई मेनस्ट्रिम मिडियाको असफलता भएको मान्न सकिन्छ।
जलवायु परिवर्तन सम्बन्धी जनताको चासो पनि खासै देखिदैन। कतिपयलाई यसको बारेमा मतलव समेत छैन।
बिज्ञहरुले जलवायु परिवर्तनलाई पृथ्वीमा जीवनको अस्तित्व संकटमा पार्ने खतराको रुपमा हेरेका छ्न ।
भिडियो पनि
https://vt.tiktok.com/ZSj5jJ8Ex/




