आजसम्म पृथ्वीमा पाँच पटक महाविनाश भइसकेको छ ।
महाविनाशको मतलब हो पृथ्वीमा सारा जिवजन्तुको सर्वनाश हुनु हो।
ईतिहासमा पाँच पटक पृथ्वीको तापक्रम अधिक बृद्धि भएर सारा जिवजन्तुको सर्वनाश भएको थियो। अब छैठौं महाविनाशको सुरुवात पनि भइसकेको छ। छैठौं महाबिनाशको कारण, पृथ्वीमा कार्बनडाइअक्साइडको मात्रा बृद्धि हुनु हो ।

केही बर्षदेखि ५० भन्दा बढी देशमा महाविनाशको भयानक लक्षण देखिन शुरु भइसकेको छ। तापक्रम बृद्धिसँगै करोडौं बर्ष देखि जमेको हिउँ पग्लिन थालेको छ। केही समय अघि दुबई कतार साउदी जस्ता मरुभूमिमा बसेका देशहरुमा भयांकर बाढी आएको थियो। हिट वेभले अस्ट्रेलियाको जंगलमा आगलागी हुँदा पुरा जंगलनै सखाप भएको थियो। कतै पानीको मुहान सुक्न थालेको छ। जमिन बाँझिन थालेको छ।
हिट वेभ, कोरोना भाइरस, आगोलागी, बाढी पहिरो, जमिन भासिने र लम्पी स्किन रोग, समुन्द्री सतहको बृद्धि यो महाविनाशको सामान्य उदाहरण मात्र हो।
जलवायु परिवर्तनको बिज्ञान यस्तो छ:
मानिसले पृथ्वीमा जे जति बस्तुको उपभोग गर्छन त्यसबाट पर्यावरणमा कार्बनको उत्सर्जन हुन्छ । कार्बन जति धेरै उत्सर्जन हुन्छ त्यति नै धेरै पृथ्वीको तापक्रममा बृद्धि हुन्छ।
समीकरणमा हेर्दा: (जनसंख्या^= उपभोग^= कार्बन उत्सर्जन^=पृथ्वीको तापक्रम ^= जलवायु परिवर्तन= भयानक बिनाश)
सन २०२३ मा पृथ्वीको औसत तापक्रम १.१६ डिग्रीले बृद्धि भएको थियो । जुन अहिलेसम्मकै अधिक तापक्रम बृद्धिदर हो। बैज्ञानिकहरुले यसरी नै पृथ्वीको तापक्रममा बृद्धि हुँदै जाने हो भने अबको २५ बर्षमा पृथ्वीको तापक्रम २.५° देखि ३° सम्म बढ्ने अनुमान गरेका छन्। अहिले नै १.६° को बृद्धिमा हाम्रो हालत यस्तो छ । यदि तापक्रम बृद्धिदर २.५° हुदाँ स्थिति ज्यादै भयबह हुनेछ।
महाविनाश हुन नदिन हामीसँग कति समय छ:
बैज्ञानिकहरुको अनुसार यदि पृथ्वीको तापक्रम बृद्धिदरलाई १.५° मा रोक्न सकेमा मात्र महाबिनाशलाई टार्न सकिन्छ त्यो पनि मात्र पाँच बर्ष भित्रैमा भइसक्नु पर्छ।




