काठमाडौं । गढीमाई मन्दिरमा दिइएको बलिका कारण मन्दिर वरपर दुर्गन्ध फैलिएको छ।
यस बर्ष बारा स्थीत गढीमाई मन्दिरमा ५० हजार भन्दा धेरै जनावरको बलि दिइएको अनुमान गरिएको छ। बलिका कारण वरपर दुर्गन्ध फैलिएको त्यहाँका स्थानिय वासिन्दा सुरज रौनियारले एभरेष्ट पोललाई जानकारी दिनु भएको छ ।

भक्तजनले बलि दिएपछि मासु मात्र लिएर जाने तर छाला, आन्द्रा भुडी र टाउको गढीमाई मै अलपत्र छाडेर जादाँ दुर्गन्ध फैलिएको रौनियारले बताउनु भयो ।
नेपालको बारा जिल्लामा स्थित गढीमाई देवी मन्दिर एक ऐतिहासिक धार्मिक स्थल हो। जहाँ प्रत्येक पाँच वर्षमा गढीमाई मेला आयोजना हुन्छ, जसमा हजारौं निर्दोष पशुहरूको बलिको नाममा काटिन्छ । यहाँ भैंसीको पाडा, बोका र परेवाको बलि दिइन्छ। बलि दिएपछि देवी खुशी हुन्छिन र मनोकामना पुरा हुन्छ भन्ने अन्धविश्वास रहेको छ ।
गढीमाईमा हुने बलिलाई रोक्नु पर्ने भन्दै पशु अधिकारकर्मीहरुले माग गर्दै आएका छन् ।




