काठमाडौँ । प्रत्येक बर्ष पृथ्वीको १० करोड हेक्टर भन्दा धेरै उर्बर जमिन बन्जर बन्दै गएको छ ।
अहिलेसम्म पृथ्वीको खेती योग्य जमीन मध्ये ४० प्रतिशत जमिन जलवायु परिवर्तन, खडेरी, सुख्खा र भुक्षय को कारण बाझो बनेको मरुभूमिकरणविरुद्ध लड्ने संयुक्त राष्ट्र महासन्धि (यूएनसीसीडी) को प्रतिवेदनमा उल्लेख छ ।

यसरी जमिन बन्जर हुदै जाने हो भने सन २०५० सम्म पृथ्वीमा रहेका ७५ प्रतिशत मानिसमा यसको गम्भीर असर पुग्ने अनुमान गरिएको हो ।
बाँझो जमिनलाई फेरि उर्बर बनाउन अहिले पनि खर्बौ डलर लाग्ने उक्त प्रतिबेदनमा उल्लेख गरिएकोछ।




