दक्षिण प्रशान्त महासागरमा अवस्थीत टापु देश भानुआटुमा मङ्गलबार गएको शक्तिशाली भूकम्पमा परि १४ जनाको मृत्यु भएको छ ।
भानुअटुमा हिजो ७.३ रेक्टर स्केलको भूकम्प गएको थियो। उक्त घटनामा २ सय भन्दा धेरै घाइते भएको छन भने २ लाख भन्दा धेरै नागरिक प्रभावित भएको बिबिसीको खबरमा उल्लेख छ।

त्यहाँको प्रहरीले खोजी र राहत कार्य चलिरहेको बेला जनताको आवतजावतलाई सीमित गर्न सात दिने आपतकाल घोषणा गरिएको जनाएको छ।
भुकम्पबाट अमेरिका, न्युजिल्यान्ड , फ्रान्स र युकेको दुतावासको भवनमा समेत क्षति पुगेको छ ।
भानुआटु देश दक्षिण प्रशान्त महासागरमा रहेको लगभग ८० टापुहरूको एक द्वीपसमूह, फिजीको पश्चिममा र उत्तरी अष्ट्रेलियाको हजारौं किलोमिटर पूर्वमा
अवस्थित छ।




