विराटनगर। धरान आएका वैज्ञानिक महारविर पुनले सुनको गहना उपहार पाएका छन्।
उनी बीरगञ्जको कृषि औजार कारखाना संचालनको लागि रकम जुटाउन केही समय अगाडी धरान आएका हुन। उनलाई आज किताव बेच्ने क्रममा एक राई थर भएकी ३५ बर्षिया महिलाले ६२ हजार रुपैयाँ बराबरको ६ आना सुन उपहारको रुपमा दिइएको आफ्नो सामाजिक सञ्जालमा उल्लेख गरेका छन्।

वैज्ञानिक पुनले आफ्नो जीवनमा आधारित पुस्तक ‘महावीर पुन सम्झना, सपना र अवीरल यात्रा’ बेचेर
बीरगञ्जको कृषि औजार कारखाना संचालन गर्न लागीपरेका छन । उनी देशको विभिन्न ठाउँहरूमा आफै गएर पुस्तक बेच्दै आएका छन्।
वैज्ञानिक पुनले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा यस्तो लेखेका छन्, ‘सुनको गहना उपहार – आज भेडेटार बाट धरान झरेर बजार भन्दा अलि बाहिर एउटा टोलमा किताब बेच्दै जाँदा एक जना बहिनी दौडदैं आएर तल फोटोमा देखाएको सुनको गहना दिईन। मैले लिन मानिन । तर उनले बीरगञ्जको कृषि औजार कारखानालाई सहयोग हो दाजु र यो मेरो आफ्नै गहना हो भने पछि नलिइ भएन। मैले उनको घर हेरें । टिनले छाएको र इट्टाको गारो भएको सानो घर थियो। उनले फोटो खिच्न मानिनन् र नाम उल्लेख नगर्ने भनिन। उनको उमेर ३५ वर्ष जति थियो। उनको थर राई रहेछ
धरान बजारमा आएर सुन पसलमा गएर जोख्न लगाएँ । त्यो गहना ६ आनाको रहेछ र मुल्य करिब ६२ हजार रुपैयाँ पर्ने रहेछ। ति बहिनीले बीरगञ्ज कृषि औजार कारखानाको धेरै भिडियोहरु युट्युबमा हेरे की रहिछन । ‘




