काठमाण्डौं। चन्द्रागिरी नगरपालिकामा पर्ने केउरानी सामुदायिक वनमा लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । आज बिहानदेखि जंगलमा आगलागी सुरु भएको हो ।
आगलागी भएको जानकारी पाउनासाथ निभाउन सुरक्षाकर्मी परिचालन भएपनि अहिलेसम्म निभाउन नसकेको जिल्ला प्रहरी परिसर काठमाण्डौका एसपी तथा प्रवक्ता अपिलराज बोहोराले भनाई छ । वनको विभिन्न ठाउँमा आगो लागेको छ ।

यस्तै पछिल्लो एक महिनामा देशभर पाँच सय एक वटा आगलागीका घटना भएका नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यले जानकारी दिनुभयो । विभिन्न क्षेत्रमा लागेको आगलागीबाट छ जनाको ज्यान गएको तथ्याङ्क छ ।




