विश्वमा जंगल फडानीको मुख्य कारण मासु उद्योग रहेको विभिन्न अध्ययनले देखाएको छ।
जनावरलाई मासुको लागि तयार गर्दा अन्न र घाँस खुवाउनु पर्ने हुन्छ । १ केजी कुखुराको मासुको लागि ३ केजी अन्न, खसीको १ केजी मासुको लागि १५ केजी अन्न खुवाउनु पर्छ भने एक केजी गाईको मासुको लागि २५ केजी अन्नको आवश्यकता पर्दछ।

यी अन्न उत्पादनको लागि खेतीयोग्य जमीनको आवश्यकता पर्छ । त्यस्ता जमिन जंगल फडानी गरेपछि मात्र प्राप्त हुन्छ । त्यसै गरी गाई भैंसी जस्ता जनावरलाई चराउनको लागि पनि जंगलको फडानी गर्न पर्ने हुन्छ ।
यदि विश्वमा मानिस पुर्णरुपमा साकाहारी हुने हो भने जंगल फडानीलाई ७५ प्रतिशतले कम गर्न सकिने अक्सफोर्डको एक अध्ययनले देखाएको छ ।
आवर वल्ड डाटाको अनुसार विश्वमा ४ करोड ८० लाख हेक्टर जमिनमा खेतीपाती गरिन्छ । त्यहाँबाट उत्पादन हुने २० प्रतिशत अन्न मानिसको लागि प्रयाप्त हुन्छ । बाकी ८० प्रतिशत अन्न जनावरलाई खुवाउन प्रयोग हुन्छ जुन मासुको लागि काटिन्छ।
भारतका प्रशिद्ध धार्मिक गुरु आचार्य प्रशांतका अनुसार दुनियामा भोकमरीको मुख्य कारण पनि मासु उद्योग पनि रहेको बताउनु भएको छ ।
बिश्वमा प्रत्येक दिन ९ लाख भन्दा धेरै गाई मासुको लागि काटिन्छ। भने १४ लाख बाख्रा, १७ लाख भेडा,३८ लाख सुँगुर,१ करोड २० लाख भन्दा धेरै हास र २० करोड भन्दा धेरै कुखुरा काटिन्छ।




