काठमाडौं । फेसबुकमा ‘अलबिदा’ लेख्दै स्टाटस पोष्ट गरेर सम्पर्कविहीन हुनुभएका डा. केशव श्रेष्ठ बालाजुस्थित एक रिसोर्टमा सकुशल फेला पर्नुभएको छ।
जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार डा. श्रेष्ठ केहीबेरअघि बालाजुमा भेटिनु भएको हो । उहाँले आज बिहान सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै ‘अलबिदा’ भन्नु भएको थियो ,त्यसपछि उहाँसँग सम्पर्क हुन नसकेको परिवारले जनाएको थियो।

प्रहरीले डा. श्रेष्ठको अन्तिम मोबाइल लोकेशन चावहिल क्षेत्रमा देखिएपछि खोजी कार्य तीव्र बनाएको थियो।
डा. श्रेष्ठले जिल्ला अस्पताल रामेछापमा निमित्त मेडिकल सुपरिटेन्डेन्टका रूपमा कार्यरत रहँदा केही डाक्टरहरूलाई प्रयोग गरेर झुटा आरोप लगाइ आफ्नो सरुवा गराइएको भन्दै सामाजिक सञ्जालमा आक्रोश पोख्नुभएको थियो।




