झापा । झापामा जङ्गली हात्तीको आक्रमणबाट १७ वर्षमा ७४ जनाको ज्यान गएको छ। डिभिजन वन कार्यालय झापाका अनुसार २०६५ सालदेखि हालसम्म २५ वटा हात्ती पनि प्राकृतिक कारणले मरेका छन्।
भारतको पश्चिम बङ्गालबाट नेपाल प्रवेश गर्ने हात्तीहरू झापा, मोरङ र सुनसरीमा रहेर पुनः भारत फर्किने गर्छन्। यस्तै, झापामा २५–३० वटा रैथाने हात्ती स्थायी रूपमा बसोबास गर्छन्।

वन क्षेत्र सङ्कुचन र मानव बस्तीको विस्तारले मानव–हात्ती द्वन्द्व बढ्दै गएको प्रमुख वन अधिकृत भरतबाबु श्रेष्ठले बताए। समस्या न्यूनीकरणका लागि सहअस्तित्व, जनचेतना र वैज्ञानिक व्यवस्थापन आवश्यक रहेको उहाँको भनाइछ।




